विराटनगरमा नक्कली औषधि प्रकरण, बिक्री गर्ने नाईके जेल चलान, ४ जना औषधि बिक्रेता धरौटीमा

विराटनगरमा नक्कली औषधि प्रकरण, बिक्री गर्ने नाईके जेल चलान, ४ जना औषधि बिक्रेता धरौटीमा

विराटनगर, ३० साउन ।
विराटनगर, ३० साउन । नक्कली औषधि कारोवारीका नाईके जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोहका नाईके धरान ४ का ३८ वर्षिय अग्रवाल जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अन्य चार जना फार्मेसीका सञ्चालकहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला अदालतका न्यायधीश महेन्द्रप्रसाद पोखरेलेको आदेश अनुसार गोल्डेन फार्मेसीका संचालक पाण्डब राजवंशीलाई ३५ हजार रुपैयाँ धरौटी तोकिएको छ । त्यस्तै जिग्री फार्मेसीका संचालक नौसाद आलम, लङ्ग लाइफ फार्मेसीका सञ्चालक दिपक कुमार राय र मेड प्लस फार्मेसीका सञ्चालक प्रशान्त कुमार चौधरीलाई जनही ४५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिएर औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पाँच जनामाथि मोरङ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेके थियो । वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला सहायक न्याधिवक्ता रोहत पोखरेलले गरेका थिए । प्रतिवादीको तर्फबाट आधा दर्जन कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
औषधी व्यवस्था विभागले उनीहरुलाई औषधी ऐन २०३५ को दफा ३९(२) बमोजिम अवैध रुपमा बिना दर्ताको औषधी पैठारी, खरिद बिक्री वितरण तथा संचय अन्तर्गत मुद्दा दर्ता भएको थियो ।
प्रहरीले विराटनगरको पाँच वटा फार्मेसीमा साउन १३ गते छापा मार्दा ठूलो परिमाणको अवैध औषधी बरामद गरेको थियो । भारतबाट अवैध रुपमा नेपाल औषधी ल्याएर बिक्री वितरण गर्ने नक्कली औषधीको गिरोह अग्रवाललाई प्रहरीले पक्राउ गरेपछि विराटनगरको फार्मेसीबाट नक्कली औषधीको बिक्री वितरण हुने गरेको खुलसा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्