सीपीएलमा पनि चम्किए सन्दीप, आज पनि उत्कृष्ट बलिङ

सीपीएलमा पनि चम्किए सन्दीप, आज पनि उत्कृष्ट बलिङ

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका सन्दीपले जमैका टाल्लावाहसविरुद्ध २ विकेट लिन सफल भएका हुन् ।

आज बिहान भएको खेलमा सन्दीपले सीपीएलमा शानदार बलिङ गरे । आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले विकेट लिन सफल भए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् ।

सन्दीपले एकै ओभरमा २ विकेट लिएका थिए । उनले आफ्नो दोस्रो ओभर तथा खेलको ६.२ ओभरमा प्याट्रियट्सलाई पहिलो विकेट दिलाएका थिए । उनले केन्नार लुविसलाई ४९ रनमा आउट गराएका थिए । त्यस्तै, यसै ओभरको चौथो बलमा पनि एन्ड्रे म्याक्कार्थीलाई शुन्य रनमै एल्बीडब्लु आउट गरे ।

सन्दीपले जारी सीपीएलमा ३ खेलबाट ५ विकेट लिई सकेका छन् । यसअघि उनले पहिलो खेलमा २ र दोस्रो खेलमा १ विकेट लिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्