विराटनगरमा लागुअाैषध सहित एक जना पक्राउ, लागुअाैषध ठु्लाे परिमाणकाे भएकाे प्रहरीकाे दाबी

<span class='c1'>विराटनगरमा लागुअाैषध सहित एक जना पक्राउ,</span> <span class='c2'>लागुअाैषध ठु्लाे परिमाणकाे भएकाे प्रहरीकाे दाबी</span>

विराटनगर, ३१साउन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणकाे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।विराटनगर-१५ घर भई विराटनगर-१७ रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षकाे अजय कुमार शर्मालाई प्रहरीले ३ सय ४४ एम्पुल लागूऔषध टिडिजेसिक, २ सय ८९ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल, नाईट्रोभेट र नाईट्रोसन ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

[caption id="attachment_62022" align="alignnone" width="696"] ?[/caption]

विशेष सुचनाका आधारमा उक्त कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो  खानतलाशी गर्दा लागूऔषध तथा सो लागूऔषध बाहिर टाँस्ने लेबल बरामद भएको प्रहरीले जनाएकाे छ ।  बरामद लागूऔषध सहित शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा  राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्