उच्च अदालत विराटनगरमा सुनकाण्डको सुनुवाई शुरु, ३ जनाको हकमा जिल्लाको आदेश सदर

<span class='c1'>उच्च अदालत विराटनगरमा सुनकाण्डको सुनुवाई शुरु,</span> <span class='c2'>३ जनाको हकमा जिल्लाको आदेश सदर</span>

विराटनगर, ३१ साउन ।
साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा आज देखि उच्च अदालत विराटनगरमा सुनुवाई शुरु भएको छ । २०७५ जेष्ठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जना मध्य ३ जनाको आज सुनुवाई भएको हो । पुण्यप्रसाद लामा, सम्बीर तोलाङ्गे र राजन कुमारको सुनु्वाई भएको हो । सुनुवाई भएका तिनैजनाको जिल्ला अदालतले दिएको आदेश सदर भएको उच्च अदालत विराटनगरले जनाएको छ ।
उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण प्रसाद रेग्मीका अनुसार उच्च अदालतका न्यायाधिश जनक पाण्डे र थिरबहादुर कार्कीको संयुक्त ईजलाशले प्रहरी अधिकारीहरु संजय राउत, विकासराज खनाल, दिवेश लोहनी, गोबिन्द निरौला र अर्का प्रतिवादी हेमन्त मल्लको बिषयमा संयृुक्त कैफियत प्रतिबेदन प्राप्त भएकोमा छुट्टाछुट्टै एकल कैफियत प्रतिबेदन माग गरेको हो । उनीहरुको मुद्दाको बारेमा कैफियत प्रतिबेदन आएपछि मात्र आदेश आउने छ । एक नम्बर ईजलाशमा पेश भएको ३ जनाको सुनुवाईका सन्दर्भमा २ जनाको आदेश आएको हो भने एकजनाको सुनुवाई हुन नसकेको रेग्मीले जानकारी दिए ।
डा.कुलरत्न भुर्तेल र उमेश कुमार सिंहको संयुक्त ईजलाशले पुण्यप्रसाद लामा र सम्बीर प्रसाद तोलाङ्गेको हकमा निबेदकहरु निर्दोष रहेछन् भन्ने देखिन नआएको कारण जिल्ला अदालतको आदेशको सदर गर्ने निर्णय आएको हो । सोही ईजलाशमा परेको राजन थापाको पेशीको भने समय अभावले सुनुवाई हुन नसकेको रजिष्ट्रार रेग्मीले बताए । त्यस्तै २ नम्बर ईजलाशमा परेको राजन कुमारको पेशी पनि सुनुवाई भएको छ । न्यायाधिश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त ईजलाशले जिल्ला अदालतको निर्णय बेरित नदेखिँदा परिवर्तन गर्नु नपर्ने आदेश दिएको रजिष्ट्रार रेग्मीले बताए ।
यी न्यायाधिवक्ताले बहस गर्दै
बिहिवार भएको बहसमा सरकारी वकिलको तर्फबाट मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधिबक्ता पुण्य पाठक, सहयक जिल्ला न्यायाधिबक्ता पदम वस्ती र रोहित पोखरेलले बसह गरेका थिए । सरकारी वकिलको तर्फबाट ३० वटै कैफियत प्रतिबेदनको तर्फबाट बहस गर्नको लागि ८ जना सरकारी वकिलहरुलाई तयारी अबस्थामा राखिएको भएपनि पेशीमा चढेका सबै निबेदन प्रतिवादीका वकिले निवेदन दिएर स्थगित गराएको उच्च सरकारी विकल चिरन्जीवी पराजुलीले बताए । उच्च अदालतमा सरकारी वकिलहरु चिरन्जीबि पराजुली सहित उप न्यायाधिवक्ता राजेन्द्र सिंह भण्डारी, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका विराटनगरका शाखा अधिकृत पुण्य सापकोटा र पुष्पराज बाँस्तोला, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पदम वस्ती, रोहित पोखरेल तथा धनकुटा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मनोज आचार्यले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्