विराटनगरमा आजदेखि एक नम्बर प्रदेश स्तरिय बालिका सम्मेलन शुरु हुँदै

<span class='c1'>विराटनगरमा आजदेखि एक नम्बर प्रदेश</span> <span class='c2'>स्तरिय बालिका सम्मेलन शुरु हुँदै</span>

विराटनगर,१ भदौ ।
प्रदेश नम्बर १ स्तरिय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो ।
सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेश भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा प्रदेश नम्बर १ का प्रत्येक जिल्लाबाट २ जना किशोरी, १ जना किशोर गरी बढीमा १ सय ५० जनाको सहभागिता रहने सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले जानकारी दिए । बालविवाह जस्तो जघन्य विषयलाई प्रदेशस्तरीय अभियानको रुपमा अगाडि बढाउन र राज्यले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य भन्दा अगाडि नै बालविवाह मुक्त प्रदेशको रुपमा घोषणा गर्न बालिका सम्मेलन फलदायी हुने सचिव सुवेदी दाबी गरे ।
१५ लाख अनुमानित वजेटको प्रस्ताव गरिएको सम्मेलनमा गैससहरुले खर्च गर्न जानकारी दिए । बालविवाह बढी हुने देशहरुमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारत पछि तेस्रो मुलुकको रुपमा रहेको छ भने विश्वमा १० औं स्थानमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्