बिराटनगरका एक प्रेमिले यसरी गरे आफ्नो प्रेमिकाको हत्या ,भाग्दा भाग्दै समातिए

बिराटनगरका एक प्रेमिले यसरी गरे आफ्नो प्रेमिकाको हत्या ,भाग्दा भाग्दै समातिए

विराटनगर, १ भदौ ।
शुक्रवार विहान मोरङको ग्रामथानमा एउटा घटना घट्यो । ग्रामथान गाउँपालिका ३ सिद्राहामा पुगेका दिनेश र शिखा बिच विवाद भएको थियो । नहर किनारमा बसेका उनीहरु मध्यका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरि एकै छिनमा हत्या गरे । त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे अनी दिनेशलाई नियन्त्रणमा लिन खोजे । उनी थप आक्रमक भएर प्रतिकारमा उत्रिए । तर उनलाई गाउँलेले घेरा हालेर नियन्त्रणमा लिन सफल भए । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर उनको हातमा सानो चोट लागेको प्रहरीले जनाएको छ ।
विराटनगर १३ घर भएका उनीहरु बिच बिहान करिब १० बजे तिर विवाद भएकोमा दिनेशले शिखालाई धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । उनका अनुसार दुवैजना घुम्न जाने क्रममा को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन । उनीहरु बिच के सम्बन्ध थियो भन्ने बारेमा केही नखुलेको भएपनि प्रेमीप्रेमी भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस क्रममा गाउलेसँग दोहोरो तानातान भएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवती एकहप्ता पछि अष्ट्रेलिया जाने तयारी रहेकोले प्रेमीकाले धोकादिने ठानेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
भट्टराईले प्रहरीलाई दिएको जानकारी अनुसार, ‘केही दिनदेखि शिखा अरुनै केटाहरुसँग लागेको थाहा पाएँ, त्यसपछि मौका छोपेर एकान्त ठाउमा लगेर हत्या गरेको हुँ ।’ युवतीको अनुहार, घाँटी, पेटमा दाउ प्रहार गरेर विभत्स हत्या गरिएको केसीले बताए । युवतीको अनुहार चिन्न नसकिने अबस्थाको रहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्