विराटनगरमा जुस खाँदा १५ जना विद्यार्थी विरामी, बिक्रेता पक्राउ

विराटनगरमा जुस खाँदा १५ जना विद्यार्थी विरामी, बिक्रेता पक्राउ

विराटनगर, १ भदाै। नेस्ले ईण्डिया प्रा.लि.को मिलो जुस खाँदा शुक्बार दिउँसो मोरङ जिल्लाको विराटनगर महानगरपालिका-२ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन्  । प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाईएको छ । स्थानीय बिक्रेताले मार्केटिङका क्रममा विद्यार्थीहरुलाई जुस खुवाएको र सो जुस खाएर १५ जना विधार्थी अकस्मात विरामी परेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिगई  जुस मार्केटिङमा निस्केका जिल्ला झापा कन्काई नगरपालिका-२ बस्ने बर्ष २६ को प्रदिप घिमिरे र मोरङकाे विराटनगर महानगरपालिका-९ बस्ने बर्ष ४८ को महेन्द्र कुमार अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । को १ स ३५६ नम्बरको सिटी सफारीमा रहेको नेस्ले मिलो जुसका कार्टुनसहित कारवाहीका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइएकाे प्रहरीले जनाएकाे छ ।  बिरामी विधार्थीहरु मध्ये ५ जनाको उपचारको क्रममा विराट नर्सिङ अस्पतालमा रहेका छन भने अन्य स्थानीय मेडिकलमा उपचार पश्चात घर फर्केका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्