पढाइमा अब्बल शिखाको अस्ट्रेलिया जाने सपना अधुरै रह्यो , हत्यारालाई कडा कारवाही गर्न माग

पढाइमा अब्बल शिखाको अस्ट्रेलिया जाने सपना अधुरै रह्यो , हत्यारालाई कडा कारवाही गर्न माग

बिराटनगर भदौ २,  ग्रामथान गाउँपालिका–३ सिद्राहामा  बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् ।

विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । प्रहरीका अनुसार दुवै जना घुम्न भनेर बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताए । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ ।

पढाइमा अब्बल थिइन् शिखा : 

बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षको बिद्यार्थी थिईन शिखा । उनको पढाइ राम्रो रहेको मेरिल्याण्डका संचालक भेषराज पोख्रेलले जानकारी दिए । उनको मृत्युले कलेज परिवार स्तब्द रहेको उनले सुनाए , साथै अपराधीलाई कडा कारवाही हुनु पर्ने माग पनि राखे ।

[caption id="attachment_62122" align="alignnone" width="719"] शिखा घिमिरे[/caption]

उनि सबै साथीहरु संग मिल्ने र रमाइलो स्वाभावको राखेको साथीहरु बताउछन । शिखा पढाइ सकेर अस्ट्रेलिया जाने सोचमा रहेको उनका साथीहरुले बताए ।

दिनेशको फेसबुक नाम खेमराज भटराई :

शिखाको निर्ममतापूर्वक हत्या गरेका दिनेश भटराईको फेसबुकमा खेमराज भटराई नाम रहेको खुलेको छ । उनि शिक्षण पेसामा समेत रहेको र हाल पसल गरी ब्यापारमा रहेका थिए ।

[caption id="attachment_62121" align="alignnone" width="864"] दिनेश भटराई[/caption]

शिखा र दिनेश दुवै सामाजिक संजालमा साथी थिए । विराटनगर महानगरपालिका–१३ मा उनको निवास रहेको छ ।

हत्यारालाई कडा कारवाही गर्न माग 

शिखाको हत्या गर्ने दिनेश भटराईलाई कडा भन्दा कडा कारवाही गर्न सामाजिक संजालमा चर्को आवाज उठेको छ , उनका साथीहरु तथा आफन्तले यस्तो निर्ममतापूर्वक हत्या गर्नेलाई कडा कारवाही गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्