साउन महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभाका २ जना पुरस्कृत

साउन महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभाका २ जना पुरस्कृत

विराटनगर, २ भदाै ।  २०७५ साल  श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट संखुवासभा जिल्लामा कार्यरत  २ जना प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् ।  अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र सोही स्थानमा कार्यरत प्रहरी जवान हरि प्रसाद घोरसाईलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा छनौट गरेको हो । आफ्नो पदीय कर्तव्य पालनाको सिलसिलामा विभागीय आदेश निर्देशन बमोजिम व्याबसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगबाट परिचालित भई कानूनद्वारा बर्जित गरिएका काम कारवाही नियन्त्रण गर्ने क्रममा शान्ति सुरक्षामा खलल तुल्याउने तत्वहरुको पहिचान गरेकाेले  छनाैट गरिएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।  बिभिन्न मितिमा विष्फोटक पदार्थ समेत पक्राउ गर्न सफल हुनुको साथै कानूनद्वारा बर्जित क्रियाकलापहरुलाई निष्तेज पार्न समेत अहोरात्र खटिएर नतिजा हासिल गर्न सफल भएकोले उनीहरुलाई “महिनाको सर्बोत्कृष्ट प्रहरी”  घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्