एसियाली खेल जकार्तामा सुरु, नेपालले २९ खेलमा सहभागि

एसियाली खेल जकार्तामा सुरु, नेपालले २९ खेलमा सहभागि

काठमाडौं । इन्डोनेसियामा शनिबारबाट सुरु भएको एसियाली खेलकुद प्रतियोगिताको मार्चपासमा भारोत्तोलनका खेलाडीले नेपाली झन्डा बोकेका छन् । मार्चपासमा दक्षिण एसियालि खेलकुद (साग) मा भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमल कुमार अधिकारीले झन्डा बोकेका थिए ।

मार्चपासमा नेपालबाट १ सय १० सदस्यीय टोली सहभागी थिए । केहि खेलाडी आउने क्रम बाँकी रहेको र आइतबार प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीले मार्चपासमा सहभागीता नजनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिएका छन् ।

स्टन्ट देखाउँदै एसियाडको उद्घाटन गरे इन्डोनेसियाका राष्ट्रपतिले  

राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफैँ मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए ।

मोटर साइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुुग्नुुअघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए ।
‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ । एसियाड आजबाट सुरु भएको घोषणा गर्छु,’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने ।
एसियाली खेलकुदकै इतिहासमा दुुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ । दोश्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो ।
४५ देशका ११ हजार ५ खेलाडी सहभागी एसियाडमा विभिन्न ४० खेलमा ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एसियाडमा हालसम्मकै सर्वाधिक खेलमा सहभागिता जनाएको नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । १ सय २९ पुरुष र ५६ महिला खेलाडी एसियाडमा सहभागी छन् । नेपालले एसियाडमा सहभागी गराएको खेलाडी संख्या पनि अहिलेसम्मकै सर्वाधिक हो ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए ।
उनले इन्डोनेसियाको अतिथि सत्कारले सबैलाई प्रभावित पारेको बताउदै ५३ बर्ष पछि इन्डोनेसियामा एसियाड फर्केको बताए । त्यस्तै, आयोजक कमिटिका अध्यक्ष तथा एनओसी इन्डोनेसियाका अध्यक्ष इरिक थोहिरले एसियाडले नयाँ इतिहास रचेको बताए । उनले इन्डोनेसियाले आयोजनाका लागी राम्रो तयारी गरेको बताउदै खेलाडी राष्ट्रको शक्ति भएको बताए ।
रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो । इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो ।
विविधताले भरिएको इन्डोनेसियाको संस्कृतिलाई उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । चर्चित कलाकारले प्रस्तुती दिएका थिए ।

नेपालको खेलः
नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, कबडड्ी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्ने अफिसियल रानाभाटले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्