विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

 

सुमन/प्रेम
विराटनगर, ३ भदौ ।
विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा ब्यस्त भईसकेका अबस्था देखिन्थ्यो । हुन पनि आईतवार १० बज्न भन्दा अगाडी नै कार्यालयमा पुग्नु पर्ने हतारो सबैलाई थियो । यो चौकमा निक्कै भिडभाड देखिन्थ्यो, उत्तरपट्टी रहेको बिराटनगर अस्पताल प्रा.लि.अनी नजिकै रहेको विकास मार्भलको बिचमा रहेको विक्की हार्डवेयर । त्यसको दक्षिण पट्टी रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालय अनी पस्चिमपट्टी कोशी राजमार्ग । हो यस्तै भिडभाड र चहलपहल हुने स्थान हो विक्की हार्डवेयर पसल । १० बज्न करिब १० मिनेट बाँकी रहेको समयमा पुगे त्यही हार्डवेयरमा काम गर्ने दिनेश आचार्य ।
उनी यो हार्डवेयर पसल खोल्ने र बन्द गर्ने तथा सरसफाईको काम गर्थे । उनी विक्र्की हार्डवेयरको कार्यालय खोलेर गोदाम तर्फ जानै लाग्दा उनले मुख्य गेट खुल्ला देखेपछि उनी झस्किए । त्यसपछि दिनेश भित्र जाँदै गर्दा मात्र सुरक्षा गार्ड ५० बर्षिय टंक भट्टराईको शव देखेको हार्डबेयर संचालक बताउँछन् । हार्डवेयरका संचालक निरभ अग्रवालका अनुसार, बिहान काम गर्न आएको भाई दिनेशले देखे अनी अर्का कर्मचारी गणेश गुप्तालाई खबर गरेपछि आफुलाई थाहा भएको हो । उनी भित्र पस्दै गर्दाको अबस्थामा गेटको दाहिने पट्टीको कुनामा रगताम्य अबस्थामा देखिए एकजना ब्यक्ति ढलेको भनेर गणेशले मलाई फोन गरेपछि मैले थाहा पाएको उनको भनाई छ । मृतक टंकको त्यो बेला शरिरका धेरै भागहरु काटिएको अबस्थामा थिए । उनको आँखा समेत फुटाईएको थियो ।
छोराको मृत शरिर खोज्दै आमा दुर्गामायाँ
बिहान १० बजे छोरालाई विराटनगरको नर्सिङहोममा भर्ना गरिएको खबर मृतककी ८४ बर्षिय आमा दुर्गामायाँ भट्टराईले थाहा पाईन् । शनिवार बिहान ८ बजे घरबाट हिँडेको छोरा टंकसाँझ घर फर्किएलान् भन्ने थियो । तर उनी फर्किएनन् । ‘साँझ खाना खान आउने कुरा थियो आउँदिन भन्यो, दुर्गामायाँले सम्झिँदै भनिन्, रातीको ड्युटी पर्यो होला भन्ने लाग्यो ।’ तर बिहान एकाएक छोरो अस्पतालमा भर्ना भएको खबर पाउने बितिकै अतालिँदै आएको तर छोरो त लडिरहेको थियो ।
पहिला त हेर्न पनि सकिँन, पछि फेरी एक पटक छोरालाई हेर्न जान्छु भनेको छोरोलाई हेर्न पनि दिएनन् । उनले गहभरी आँसु पार्दै भनिन्, आखिर मर्नुत थियौ नै, मैलाई नै दुःख बिसाएर गयो । उनको ३ छोरा मध्य उनी कान्छो छोरा सँग बस्दै आएकी हुन । बिराटनगरको विमानस्थल नजिकै घर रहेको मृतक टंकको एक छोरा, एक छोरी र श्रीमती छन् । आर्थिक रुपमा निकै कमजोर रहेका यो परिवारको सहारा टंक नै थिए ।
यस अगाडी पनि लामो समयसम्म यही हार्डवेयरमा काम गरेका टंकलाई १८ महिना अघि मात्र हार्डवेयर संचालकले बोलाएर फेरी ल्याएको हो । हार्डवेयर संचालक निरव अग्रवालले सबैले भनेको सहजै मान्ने भएपछि हामीले फेरी बोलाएर काममा राखेका थियौ ।
सिसि क्यामेरा किन चालु राखिएन ?
पछिल्लो समयमा प्रहरीलाई अनुसन्धानमा सजिलो भएको सिसिक्यामेरा फुटेज हो । तर सिसि क्यामेरा राखिएका ठाउँमा पनि क्यामेराको फुटेज पाउन प्रहरीलाई निक्कै अप्ठेरो हुँदै आएको छ । यस हार्डवेयरमा पनि सबैतिर समेटिनेगरी सिसि क्यामेरा झुण्ड्याईएको छ । तर ति सिसि क्यामेर घटना हुँदाको अबस्थामा चालु थिएनन् । संचालक अग्रवालले एक हप्ता अघि मात्र बिग्रिएपछि बनाउनको लागि पठाएको बताए । यो घटना भईरहेको अबस्थामा मेन स्वीच पनि अफ गरिएकोेले घटना संकास्पद देखिएको प्रहरी श्रोत बताउँछन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीेले घटना बारे अनुसन्धान भईरहेको बताए । उनले एकजना सेक्युरिटी गार्डमाथि आक्रमण हुनुको कारण र हत्या किन भयो भन्ने बारेमा अहिले अनुसन्धान अधिकृतहरुबाट अनुसन्धान भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्