गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

गर्मी छल्न विराटनगरमा  विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

 

प्रेम देवान
विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथिहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । आईतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताव हातमा लिएर उनीसँगै अन्य बालबालिका पनि पढ्दै थिए ।
उनका अगाडी साथीहरु मात्र हैन एक जना शिक्षिका र प्रधानाध्यापक पनि उनीहरुसँगै रमाईलो मानोर पढाउँदै थिए । यसरी बाहिर बसेर पढाउनु रहर भन्दा पनि उनीहरुको यो बाध्यता थियो । कक्षा ४ जस्तै अन्य कक्षाका बालबालिका पनि आफ्ना शिक्षकहरुसँग बाहिर बसेर पिपलको बोटमुनीको चौतारीमा पढ्दै थिए ।
यसको कारण भनेको विराटनगरमा बिगत ४ दिन देखिको अत्याधिक गर्मी नै हो । कक्षा कोठामा पढ्न गाह्रो भएपछि उनीहरु रुखको छहारीको सितलमा पढ्ने र पढाउने गरेका हुन । विद्यार्थीलाई कक्षा कोठामा पढाउन लाईन नहुँदा टिनाको छाना मुनि बसाएर पढाउन समस्या भएको विद्यालयका शिक्षक शैलेन्द्र नेपालले सुनाए । ‘आज विहान देखि नै विजुलीको लाईन छैन, उनले भने, विधुत प्राधिकरणलाई धेरै चोटी भनिसकेँ कुनै चासो नै देखाएको छैन ।’
अत्याधिक गर्मीका कारण बिद्यार्थीको पढाई नै प्रभावित हुने भएपछि बाहिरै राखेर भएपनि पठन पाठन गराईएको स्कुलको प्रअ संजिव घिमिरेले बताए । अत्याधिक बढेको गर्मीले गर्दा विद्यार्थीलाई कक्षा कोठामा राखेर पढाउन सकिने अबस्था नै नभएको उनको भनाई छ ।
यो त एउटा विराटनगरमा भएको विद्यालयको उदाहरण मात्र हो । अत्याधिक गर्मीका कारण आम सर्वसाधरणको दैनिकी कष्ठकर बन्दै गएको छ । गर्मीका कारण दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरुलाई सबैभन्दा बढी समस्या देखिएको छ । विराटनगरको ३८ डिग्रीसम्म रहेको तामक्रमले खुल्ला ठाउँमा काम गरेर गुजरा चलाउने मजदुरहरुको जीवन अरुको भन्दा बढी कष्टकर छ ।
यस्तो गर्मी
विराटनगरको तापक्रम (अक्यु वेदर डट कम) बाट प्राप्त जानकारी अनुसार ४० डिग्री रहेको पाईएको छ । आज वर्षा हुने कुनै छाँटकाट छैन । त्यस्तै आगामी २ दिनको मौसम अनुसार भोलि (सोमबार) ३३ डिग्री सेल्सिएस हुने तथा पर्सि (मंगलबार) ३३ डिग्री हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्