अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने भएको छ । अत्याधिक गर्मी भएको कारण  बिद्यालय दुइ दिनका लागि बन्द गर्ने र त्यसपछिको मौसम हेरेर अर्को निर्णय गर्ने बिराटनगर महानगरपालिकाका  मेयर भिम पराजुलीले आवर बिराटनगर  डट नेट संग फोन वार्तामा बताए ।

बिराटनगरमा केहि दिन देखि अत्यधिक गर्मी हुदै आएको छ । गर्मीका कारण बिद्यार्थीहरुलाई समस्या भएको हुदा बिद्यालय बन्द गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्