गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर (नाम सहित)

गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर (नाम सहित)

विराटनगर, ४ भदौ ।
मोरङको बुढीगंगा गाउँपालिका जनप्रतिनिधिको आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजी खोजी जागिरमा लगाउने गरेको पाईको छ । बिधि र प्रक्रियाबाट अघि बढ्नु पर्ने स्थानीय सरकार आफै बिधि र प्रक्रिया कुल्चिँदै आफन्तलाई जागिर खुवाउन उद्दत देखिएको र गाउँपालिकाका अध्यक्षले बिधि नाघेको स्थानीयले आरोप लगाएका छन् ।
गाउँपालिकाका अध्यक्षले आफन्त भर्ना गरेको बारेमा गाउँपालिका भित्रैका जनप्रतिनिधिलाई मन परेको छैन । गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले आफ्नै छोरी र भतिजालाई पनि सोही कार्यालयमा जागिर खुवाएका छन् । उनीहरुको नियुक्ति करार नियुक्ती हो ।
आफैले अनावस्यक दरबन्दीको सिर्जना गरी अध्यक्ष माझीले छोरी, छोरा, भाई भतिजा तथा आफन्त नियूक्त गरेको गाउँपालिका जनप्रतिनिधीले बताएका छन् । कतिपय वडा सदस्यले त बैठक मै त्यो कुरा उठाउन खोजेको भएपनि अध्यक्षले थामथुम पारेको बताईन्छ ।
अध्यक्ष बालचन्द माझीकी छोरीलाई गाउँपालिकाको अनमीमा नियुक्त गरिएको छ । उनकी छोरी सुनिता माझी हुन ।त्यस्तै भतिजलाई पनि अहेवमा नियुक्त गरेर जागिर खुवाईएको छ । अहेब उनका भतिज शिवराम माझी हुन । त्यस्तै अमिन बिद्यानन्द चौधरी उनका आफन्त नै पर्ने हुन । गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले आफ्नै बहिनी पबित्रा कुमारी गच्छदारलाई स्वास्थ्य शाखाको अनमीमा जागिर लगाएकी छिन् । अध्यक्षले छोरीलाई कार्यालयमा जागिर खुवाएपछि उपाध्यक्षले अध्यक्षलाई दवावमा राखेर जागिर लगाएकी हुन । त्यस्तै बिवेक बाबु थनदार गाउँपालिकाको सव–ईन्जीनियरमा जागिर लगाईएको छ । उनलाई वडा सदस्य जोगनारायण थन्दारको दवावमा नियुक्त गरिएको हो । भागबण्डाका आधारमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा अलिक पकडवाला वडा सदस्यहरुले पनि आफन्तलाई जागिर खुवाएको गाउँपालिकाको तथ्यांकमा देखिन्छ ।
हरेक वडामा कार्यालय सहयोगी
गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले आफ्ना कर्मचारी नियुक्ति गरेको अबस्थामा त्यसको हावा गाउँपालिकाका हरेक वडासम्म पुगेको छ । सबै वडाहरुमा वडा अध्यक्षले आफन्त वा नजिककालाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् भने कतिपय वडामा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले हस्तक्षप गरेका छन् ।
यसरी जागिर खुवाईएका कर्मचारीमा १ अमिन, १ सब ईन्जीनियर, २ अनमी, १ अहेब र कार्यालय सहयोगी २ जना गाउँपालिकामा भर्ना गरिएको छ । गाउँपालिकामा नयाँ नियुक्त गरिएका कर्मचारीमा कार्यालय सहयोगी गंगा बिस्वास र सबिता चौधरी पनि गाउँपालिका अध्यक्ष बालचन्दले नै राखेका हुन् । त्यस्तै वडा नम्बर १ मा युवराज पौडेलले आफु निकटका एकजनालाई जागिर खुवाएका छन् । वडा नम्बर २ मा राजकुमार चौधरीलाई वडा अध्यक्ष रेवतीनारायण चौधरीले राखेका हुन भने वडा नम्बर २ कै स्वास्थ्यचौकीमा कार्यालय सहयोगी लक्ष्मी कार्कीलाई बालचन्द माझीले नै दवावमा जागिर खुवाएका हुन । ३ नम्बरमा वडा अध्यक्ष तिलकनाथ मण्डल राजबंशीले आफन्त भर्ना गरेका छन् । वडा नम्बर ५मा रञ्जीता सरदारलाई राखिएको छ । त्यहाँ वडा अध्यक्ष रमेश खनालको आफु निकटका कर्मचारी राखेका हुन । वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप चौधरीले त्यही कार्यालयबाट सेवा सुबिधा लिएर सेवा अबकाश प्राप्त नगरलाल चौधरीलाई करारमा नियुक्त गरेका हुन । वडा नम्बर ७ मा पनि वडा अध्यक्ष मुरारीलाल बिस्वास थारुले उनी नजिककालाई जागिर खुवाएको बुढीगंगा गाउँपालिका कार्यालयले जनाएको छ । प्राप्त जानकारी अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष काशिम मियाँले भने कुनै कर्मचारी राखेका छैनन् । यि सबै  करारमा राखिएका कर्मचारीहरुकाे हकमा नेपाल सरकारले ल्याएकाे करार निर्देशिकाकाे प्रक्रिया पुरा नभएपनि सेवा करारमा कर्मचारी राख्न पाउने ब्यवस्था भएकाे  प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपानेले जानकारी दिए । यसरी नियुक्त गरिएका कर्मचारी आफु सरुवा भएर आउनु भन्दा अगाडी नियुक्त भएको समेत उनले बताए ।
यस्तो भन्छ स्थानीय सरकार संचालन ऐन
नेपाल सरकारले जारी गरेको स्थानीय सरकार संचालन ऐन २०७४को परिच्छेद ११ प्रशासकिय कर्मचारी ब्यवस्थापनको दफा(८३) को उपदफा ७ बमोजिम कार्यालय सहयोगी सहित घोडे, माली ईन्जीनियर लगायतका प्राबिधिक कर्मचारी गाउँपालिका तथा नगरपालिकाले खुल्ला प्रतिस्पर्धाका आधारमा सेवा करारमा पदपुर्ति गर्न सकिने ब्यवस्था गरिएको छ । तर माथि करारमा राखिएका सबै कर्मचारीहरु आफु अनुकुल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्