प्रधानमन्त्री ओलीले विराटनगरमा बायोग्यासको उद्घाटन गर्ने

<span class='c1'>प्रधानमन्त्री ओलीले विराटनगरमा</span> <span class='c2'>बायोग्यासको उद्घाटन गर्ने</span>

प्रेम देवान
विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।,
उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भनाएर भाईरलको रुपमा नै पोष्ट गर्न भ्याए । तर त्यही कुरोलाई पृष्टि गर्दै बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विराटनगर आउदैछन् ।
विराटनगर–१४ मा रहेको श्रीकृष्ण गौसेवा सदनले खेरा गएको गाईको गोबरबाट निकालिएको बायोग्यासको उद्घाटन गर्न प्रधानमन्त्री गौसेवा सदन पुग्ने भएका छन् । हुनःत गौ सेवासदनसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै सम्बन्ध छैन । तर पनि कुनै बेला आफूले सार्वजनिक रुपमा बोलका कुरा गौसेवा सदनले लागु गरेको सुनेर त्यसको उद्घाटन गर्न जान लागेका हुन् ।
विराटनगर–१४ जतुवा बस्ती का ३२ घरधुरीमा पहिलो चरण अन्र्तगत पाइपलाइनबाट घर घरमा ग्याँस पुगिसको छ । जम्मा ८० घर धुरीलाई लक्ष्य राखे पनि तत्काललाई भने ३२ घर र बाँकी रहेका ४८ घरमा केही महिनापछि पाइपलाईनबाट ग्याँस विस्तार गरिन लागेको गौसेवा सदनका अध्यक्ष सन्तोष यादवले जानकारी दिए ।
श्रीकृष्ण गौसेवा सदनमा पालिएका २ सय ७ वटा गाईको गोबरबाट बायोग्याँस उत्पादन गरेर ३२ घरको चुल्होसम्म पाइपलाईनबाट ग्याँस पुर्याएका छौ’, ‘अब चाडै अन्य घरमा पनि पुर्याउने तय गरेका छौ ।’
३२ घरमा जडान गरिएका ग्यासको प्राविधिकहरुले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरीसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाईन मार्फत स्थानियवासीको भान्सामा अहिले ग्यास बल्न थालेको छ
विस २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायो ग्यास संचालनमा ल्याईएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेरा गएको गोबर सदुपयोगमा ल्याईएको गौ सेवा सदनले जनाएको छ ।
मुलुकका प्रधानमन्त्री आएर बायो ग्यास प्लान्टको उद्घाटन गर्न लगाउन पाँउदा हामीलाई पनि एकदमै खुशी लागेको छ, अध्यक्ष यदावले भने’, भोलीको लागी हाम्रो तर्फबाट सबै तयारी गरीसकेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्