बिराटनगरमा हत्या गरिएका सुरक्षा गार्डको शव सहित बिक्की हार्डवेयरमा प्रदर्शन

बिराटनगरमा हत्या गरिएका सुरक्षा गार्डको शव सहित बिक्की हार्डवेयरमा प्रदर्शन

बिराटनगर भदौ ४ , विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा हिजो हत्या गरिएका टंक भट्टराईको शव सहित अहिले बिराटनगरको न्यू बिक्की हार्डवेयर  अगाडी उनका आफन्त प्रदर्शन गरिरहेका छन् । हत्यारालाई कारवाहीको माग गर्दै उनीहरुले  सडक समेत जाम गरेका छन् । 

भटराईको शव पोस्टमार्टम लगतै न्यू बिक्की हार्डवेयरमा लगेर उनका आफन्त तथा छिमेकि हरु प्रदर्शनमा उत्रिएका हुन् । उक्त हार्डवेयरले घटना लुकाउन खोजेको हुनाले प्रदर्शनमा उत्रिएयो प्रदर्शनकारीले बताए । उक्त हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अाएका अन्दाजी ५० वर्षीय टंक भट्टराईको आँखामा गम्भिर चाेट लागि फुटेकाे र शरिरमा चाेट लागेकाे अवस्थामा शव फेला परेकाे थियो ।

तस्बिर : बिनोद बास्तोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्