सुरक्षा गार्ड हत्या प्रकरण -विराटनगरमा शव लिएर सडक प्रदर्शन, हत्यारा पक्राउको माग

सुरक्षा गार्ड हत्या प्रकरण -विराटनगरमा शव लिएर सडक प्रदर्शन, हत्यारा पक्राउको माग

प्रेम देवान/ओबि
विराटनगर ४ साउन । विराटनगर २ मा रहेको विराट अस्पताल नजिकैको न्यू विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या शनिवार राती नै भएको हो । तर उनको हत्या भएको आईतवार मात्र सार्बजनिक भयो । हत्या भएपछिको अबस्था मृतकलाई पटक्कै मन परेको छैन । हत्यारालाई कार्वाहीको माग मृतकका परिवारको छ । विराटनगर–४ का ५० वर्षिय टंक भट्टराईे हार्डवेयरकै उनी सुत्ने स्थान नजिकै हत्या गरिएको अबस्थामा फेला परेका थिए । सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उनको कोशी राजमार्गको धरान रोड सडकमा रहेको हार्डवेयरमा अज्ञात समुहबाट विभत्स हत्या गर्ने हत्यारालाई पक्राउ गरि हदैसम्मको कारबाहीको माग राख्दै शवसहित सडकमा प्रर्दशन समेत भएको छ।
भट्टराईको शवलाई सडकमा राखेर हत्यारा पक्राउ नपरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग राख्दै मृतकका आफन्तहरुले हार्डवेयर अगाडी प्रर्दशन गरेका थिए । भट्टराईको शव धरानस्थित विपि कोइराला विज्ञान प्रष्ठिानमा पोस्टमार्टम लगतै शवसहित आफन्त र छिमेकीहरुले करिब १ घन्टा बढी सडममा यातायात पनि अबरुद्ध पारेका थिए ।
विराटनगर ४ पिपल चौक स्थित घरबाट निस्किएको शवसहितको प्रदर्शन बरगाछी चौकहुँदै न्यू बिक्की हार्डवेयरको पसल अगाडी शव राखेर प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले ‘माजदुर मार्न पाइदैन, हत्यारा चाँडो पक्राउ गर, हत्या हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर, लगायतको विभिन्न नारा लगाएका थिए ।
हार्डवेयरमा ५ जना कर्मचारी र ४ जना मजदुर कार्यरत थिए । उनीहरु सबै शनिबार छुट्टिमा बसेका र भट्टराई मात्र रात्री सुरक्षाका लागि खटिएको हार्डवेयर संचालक निरभ अग्रवालले बताइए । भट्टराईको हत्या भए पनि हार्डवेयर सञ्चालकले परिवारलाई जानकारी नदिएको मृतकका आफन्तको भनाई छ । मोरङ प्रहरीले यस घटनामा अनुसन्धान गर्दै आएको बताएको छ । प्रहरीले अनुसन्धानको लागि हार्डवयरमा कार्यरत कर्मचारीहरुसँग पनि अनुसन्धान गरिरहेको जनाएको छ । तर, हालसम्म यस प्रकरणमा प्रहरीले सोमबारसम्म कसैलाई पक्राउ गरेको छैन । मृतक भट्टराईको शरिरमा रड, तथा भाला जस्तो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार मृतक भट्टराईको शरिरको विभिन्न भागमा काटिएको अबस्थामा भेटिएको थियो । उनको देव्रे आँखा समेत बाहिर निकालेको अवस्थामा शव फेला परेको थियो । मृतक भट्टराईका श्रीमति, एक छोरा र एक छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्