विराटनगरमा यसरी सफल भयो पाईपबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीले अाज उद्घाटन गर्ने

विराटनगरमा यसरी सफल भयो पाईपबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीले अाज उद्घाटन गर्ने

विराटनगर, ५ भदौ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा आज निक्कै चहलपहल छ । केही दिन अघि मात्र यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउँदा खुसी देखिएका स्थानीय आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेपछि थप हौसिएका छन् । गोसेवा सदनले स्थानीयको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने पहिलो चरणको सकिएको छ भने दोश्रो चरणको काम पनि जारी छ । प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन् । ग्यास पाईपबाट घर घरमा पुर्याउन कसरी सफल भयो त ? यो सबैको चासोको बिषय बनेको छ ।
त्रिभुवन दाहाल बिराटनगर १४ का हुन्, उनको घरमा यतिबेला पाईपबाट ल्याईएको ग्यासबाट खाना पाक्छ । उनले भने, विराटनगरमा निर्माण भएको यो बायोग्यास प्राकृतिक ग्यास भएकोले राम्रो छ । सुबिधा पनि एलपी ग्यासको भन्दा बढी रहेको छ । एलपी ग्यास भन्दा सस्तो पर्ने भएकोले पनि उनीहरु उत्साहित देखिन्छन् । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास अहिले स्थानीयको घर घरमा पाईपबाट पुगेको छ ।
गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३५ वटा घरमा पहिलो चरणमा वायोग्यास जडान गरिसकिएको गो सेवाका प्रबन्धक अशोक यादवले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वायोग्यासको निरिक्षण तथा उद्घाटन गर्ने भनिएपछि प्राविधिकहरुले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण समेत गरिसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाईन मार्फत स्थानियवासीको भान्सासम्म ग्यास बल्न शुरु भएसँगै आज केपी शर्मा ओलीले त्यही बायोग्यासको निरिक्षण सँगै त्यसको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।
यसरी सम्भव भयो
वि.स. २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायो ग्यास संचालनमा ल्याईएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्यास पु¥याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याईएको हो । ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै घर घरमा वायोग्यास बल्न थालेको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।
घरमा बालिएको ग्यासको मिटर अनुसार के कति बिल उठ्छ त्यो सबैले देख्ने स्थानमा मिटरमा राखिएको छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने ब्यवस्था गरिएको छ । घर–घरमा पाईपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अबस्थामा यसरी बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा शुरु भएको यो अभियान पछि स्थानीयमा गर्यो भने सहजै ग्यास उत्पादन हुनसक्ने रहेछ भन्ने प्रमाण यो बायोग्यास प्लान्टबाट देखिएको छ । यसबाट स्थानीय पनि खुसी देखिएका छन् । पहिलो चरणमा ३२ घरमा पु्र्याईएको ग्यास त्यसपछि १ सय घर पुु¥याइएको हो ।
गौशालामा पालिएका २ सय ७ वटा गाईवाट दैनिक २ हजार किलोग्राम गोबर उत्पादन हुुने र सोही गोबरबाट बायो ग्यास उत्पादन भइरहेको छ ।
एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिल जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्