एक नम्बर प्रदेशमा बुधवार बकरईदको सार्बजनिक बिदा

एक नम्बर प्रदेशमा बुधवार बकरईदको  सार्बजनिक बिदा

विराटनगर, ५ भदौ ।
एक नम्बर प्रदेश सरकारले भदौ ६ गते बुधवार सार्बजनिक बिदा दिने भएको छ । केहीबेर अघि एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले बकरईदका अबसरमा सार्बजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
मुस्लीमहरुको पर्व बकर इदको अवसरमा सार्बजनिक विदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्बजनिक विदा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्