बिराटनगरमा अर्को अपराधिक घटना: एक व्यक्तिले आफ्नै छोरी र श्रीमतीमाथि खुकुरी हाने

बिराटनगरमा अर्को अपराधिक घटना: एक व्यक्तिले आफ्नै छोरी र श्रीमतीमाथि खुकुरी हाने

बिराटनगर भदौ ५ , बिराटनगरमा बिभिन्न अपराधिक घटना बढिरहेको छ । शनिबारको घटना सेलाउन नपाउदै आज बिहान बिराटनगर ११ पिचरामा अर्को अपराधिक घटना घटेको छ । पिचारामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमती , छोरी र सालोलाई घाइते बनाएका छन् ।

दिलिप साहनी नाम गरेका व्यक्तिले आफ्नै श्रीमती पुनम साहनी , छोरी मनिता साहनी र सालो सन्दिप साहनीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएका छन् । आज बिहान ९ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको बिराटनगरको कोशी अन्चल अस्पतालमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने दिलिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्