विराटनगरमा प्रधानमन्त्रीले भने ‘३२ जनाले सिलिण्डरका डल्ला फाले अब ४८ जनाले चाँडै फाल्छन्’

विराटनगरमा प्रधानमन्त्रीले भने ‘३२ जनाले सिलिण्डरका डल्ला फाले अब ४८ जनाले चाँडै फाल्छन्’

सुमन/प्रेम । विराटनगर, ५ भदौ
विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा निर्माण भएको वायोग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले वायोग्यास प्लान्टको बालेर उद्घाटन गरेका हुन । उनले भने झै पाइपलाईनबाट घर–घरमा ग्यास पुर्याईएको कार्यक्रममा सहभागी हुँदा खुसी ब्यक्त गरेका ओलीले विराटनगरबाट शुरु भयो यो अभियान देशभरी नै विस्तार गरिने बताए । उनले प्राकृतिक श्रोत र साधनले भरीपुर्ण देशमा प्रबिधिको विकास गर्दै अघि बढ्ने हो भने अहिलेको करिब ९३ प्रतिशतको ब्यापार घाटा घट्ने स्पष्ट पारे ।
विराटनगरले २० प्रतिशत सस्तो ग्यास पाईपको माध्यामबाट वितरण शुरु गरेकोले सस्तो ग्याँस बनाएर घर घरमा पुर्याउन सक्दो रहेछौँ भन्ने उदाहरण पनि दिएको उनले बताए । ‘३२ जनाले भएपनि सिलिण्डरका डल्ला चाहिँदैन भनेर मिल्काएका छन् उनले भने, ‘अब ४८ जनाले पनि चाहिँदैन सिलिण्डरका डल्ला भनेर फाल्नेछन । यो क्रमलाई हामिले निरन्तरता दिन खोजेका छौ ।’
अब हामीले पेट भर्नको लागि खाने हैन स्वस्थ रहनको लागि खाने बानी गर्नु पर्ने सुझाव दिएका ओलीले स्वस्थ रहनको लागि आफ्नै गाउँमा उत्पादन गरेर आफ्नै ठाउँमा पुरा गर्न सक्छौ, प्रधानमन्त्री ओलीले भने । ओलीले निजी क्षेत्रलाई पनि सरकारले लगानीको वातावरण बनाएको जानकारी गराउँदै ४ वटा क्षेत्रमा लगानी गर्न भनिएको स्पष्ट पारे । उनले ति ४ क्षेत्रमा उत्पादन, रोजगारी, उत्पादकत्व र निर्यातको अबस्था रहेको बताए ।
उर्जामन्त्रीको आश
कार्यक्रममा पुगेका उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै भने, प्रधानमन्त्री ज्युको अभिब्यक्तिलार्ई धेरैले उडाएका थिए अहिले हुन सक्ने रहेछ भन्ने प्रमाण प्रस्तुत भएको छ । उनले बार्षिक ३८ अर्बको ग्यास आयात भएको अबस्थामा मुख्य उदेश्य ग्यासको आयात बिस्थापनको लागि पनि लाग्ने हो भने पुरा हुनेमा विस्वास ब्यक्त गरे । अहिले भईरहेको श्रोत र साधनको सही प्रयोग हुने हो भने नेपाली आत्मनिर्भर हुन सक्ने बताए । अहिले बिद्युत एक खर्बको निर्यात रहेको र १२ खर्बको आयातको अबस्थामा रहेकोले ब्यापार घाटा अत्याधिक रहेको औल्याउँदै ग्रामिण बस्तीहरुबाट आत्मनिर्भरको अभियान शुरु हुनु पर्ने बताए ।
गो सेवाको यस्तो अबस्था
गो सेवा सदनमा हरेक दिन २ टन गोबर उत्पाद हुँदै आएको छ । यसरी उत्पादन भएको गोबरको सदुपयोगको लागि त्यही गोबरलाई कच्चा पद्धार्थको रुपमा प्रयोग गरेर प्लान्टबाट ग्यास उत्पादन भएको हो । तर यसरी बनाईएको ग्यास प्लान्ट कसको डिजाईनहोला भनेर जोकोहीलाई लाग्न सक्छ । तर यो योजना गत बर्ष देखि मात्र आएको हो ।
२०५२ सालमा रामकुमार अग्रवालले ३ बिगाहा जग्गा गो सेवा समितिलाई उपलब्ध गराएपछि गाई पालनको काम शुरु भएको हो । जग्गा राम कुमारले उपलब्ध गराएको भएपनि यो कामको शुरुवात बिन्ध्या अग्रवालले गरेका हुन । त्यसपछि लगातार गाईको संरक्षण र पालन पोषण हुँदै आएको यो गौशालामा अहिले २ सय ५ वटा गाई रहेको छ। यी गाईको पालन पोषणमा बार्षिक ७० लाख खर्चभएको र बार्षिक ३० लाख बिभिन्न क्षेत्रबाट आम्दानी हुँदै आएको गो सेवा समितिका अध्यक्ष शंकरलाल अग्रवालले बताए । आम्दानी भन्दा खर्च धेरै हुँदा टिकाउको समस्याको रुपमा रहेको स्मरण गराए ।
एक करोड ५० लाखको लागतमा निर्माण भएको वायोग्यास प्लान्टबाट एक सय घरलाई ग्यास बितरण गरिने योजना बनाईएकोभएपनि पहिलो चरणमा ८० घरमा ग्यास बितरण भएको उनले बताए । वल्र्ड वैंकको लगानीमा बैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रमको ७५ प्रतिशत, ११ प्रतिशत बिराटनगर महानगरपालिका र १५ प्रतिशत गो सेवा सदनको लागतमा वायोग्यास निर्माणको काम पुरा भई आम नागरिकको घर घरमा ग्यास पुगेको हो ।सहयोग पाए १ मेगावाट बिद्युत उत्पादनको तयारी
गो सेवा सदनले पहिलो चरणमा गाउँका स्थानीयलाई पाइपलाईनबाट ग्याँस पुर्याएर नमुनाको काम गरेकोमा अबको दिनमा बिद्युत उत्पादन गर्ने जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राख्दै गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले सरकारले केही सहयोग गरे १ मेगावाट बिद्युत उत्पादन आफुहरु दिनको लागि तयार रहेको जानकारी गराए । ७ हजार स्वायर फिटको अरसिसी सेट बनाउनको लागि आर्थिक अभाव रहेको र त्यो ब्यवस्थापनको लागि घरहरु रहेकोले सरकारले केही सहयोग गरेमा १ मेगावाट विजुली निकाल्न सक्ने बताएका उनले विराटनगर १४ का जनताका घरमा कहिल्यै वत्ती नजाने गरी झिलीमिली पार्न सकिने उनले सुनाए । तर अध्यक्ष अग्रवालले सुनाएको यो योजनामा ओलीले कुनै प्रतिक्रिया या सहयोगको लागि आश्वासशन समेत दिएनन् । ग्याँससँगै विजुलीको सपना पुरा हुने हो हैन अहिले अन्यौल नै छ । सरकारको लगानी बेगरको यो पाईपलाईनको ग्यासले चर्चामा आएका प्रधानमन्त्री ओलीले देशका धेरै स्थानमा सरकारको लगानीमा ग्वायोग्यास वा बैकल्पीक उर्जामा जोड दिने हो भने फेरी थप चर्चामा ल्याउला अन्यथा अरुको भरमा सफलताको नाटकले बिच बाटोमै धोका नदेला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्