विराटनगरमा फेरी अर्को अपराध–श्रीमती, छोरी र सालोमाथि खुकुरी प्रहार

विराटनगरमा फेरी अर्को अपराध–श्रीमती, छोरी र सालोमाथि खुकुरी प्रहार

 

प्रेम देवान/ओवी
विराटनगर, ५ भदौ । विराटनगरमा एक साता यता आपराधिक गतिबिधि बढेको छ । एक हप्तामा २ वटा हत्या र एउटा हत्याको प्रयास भएको छ । गतको शुक्रबार शिखा हत्या प्रकरण सेलाउन नपाउदै एक जना सुरक्षा गार्डको हत्या भयो ।सुरक्षा गार्डको हत्या भएको दुई दिन वित्न नपाउदै विराटनगरमा फेरी एक व्यक्तिले श्रीमती , छोरी र सालोलाई खुकुरी प्रहार गरी हत्याको प्रयास गरेका छन् ।
विराटनगर ११ पिचडामा माईती घरमा बस्दै आएकी पुनम सहनीलाई टाउकोमा गम्भिर चोट लागेको छ । उनका श्रीमान् दिलिप सहनीको खुकुरी प्रहारबाट अन्य २ जना पनि घाइते भएका छन् ।
४० वर्षीय दिलिप सहनीले विराटनगर ११ मा ससुरालीमा बस्दै आएकी ३५ वर्षीया श्रीमती पुनम सहनीको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएोछ। पुनम की आमा र दिदिलाई बचाउन खोच्दा पुनकी छोरी मनिता सहनी भाई संन्दिप सहनीको टाउको र हातमा चोक लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते ३ जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले मंगलबार विहान ९ बजे विराटनगरमा आएर पुनमलाई जबर जस्ती घर लैजान खोज्दा नमानेपछि दिलिपले खुकुरी प्रहार गरेको पुनमका आफन्तले बताएका छन् ।
दिलिपकी तिनवटी श्रीमती
दिलिपकी तेस्री श्रीमती पुनम हुन् । दिलिपका दुईटी श्रीमतीले छोडेर गईसकेका छन् । पुनमको पनि यो दोस्रो विवाह हो । उनका पहिलो श्रीमान्को चार वर्षअघि प्रविण सहनीको मृत्यु भएपछि ७ महिना अगाडी दिलिपसँग विवाह गरेकी थिईन् । प्रविन तिरका ४ छोरी र २ छोरा रहेका छन् । घाईते पुनमकी भतिजो सुनिल सहनीका अनुसार विवाह गरेका दुई पत्नीले छाडेर गएपछि उनले सात महिना अघि पुनमसँग विवाह गरेकी थिईन् ।
विवाह गरेको २ महिनासम्म राम्रैसँग एकआपसमा मिलेर बसका थिए तर केही महिना यता पुनमलाई शारिरिक र मानसिक तनाव दिने गरेको पुनका भतिज सुनिलले बताए । विवाह गरेपछि पुनमलाई ५ महिना यता सिरहा गोलबजार लगेर पटक – पटक कुटपिट र यातना दिन थालेपछि सहन नसकेर पुनम दुई साता अघि विराटनगर माइतमै बस्दै आएकी थिइन ।
पुनःआज मंगलबार आएर जबरजस्ती सिरहा लैजान खोज्दा नमानेपछि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । घटनामा संलग्न दिलिपलाई भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । प्रहरीले घटनाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्