फेसबुकमा प्रधानमन्त्रीबारे भ्रम फैलाउने प्रहरीको फन्दामा

<span class='c1'>फेसबुकमा प्रधानमन्त्रीबारे भ्रम</span> <span class='c2'>फैलाउने प्रहरीको फन्दामा</span>

काठमाडौँ, ५ भदाै ।  महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ ।  महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको हो ।

महाशाखाले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई रु एक लाखसम्म जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्