सुनकाण्ड : उच्च अदालत विराटनगरद्धारा प्रहरी हवल्दार र जवानलाई थुनामा राख्ने आदेश

<span class='c1'>सुनकाण्ड : उच्च अदालत विराटनगरद्धारा प्रहरी</span> <span class='c2'>हवल्दार र जवानलाई थुनामा राख्ने आदेश</span>

विराटनगर, ६ भदौ । ३८ क्वीटल सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरण मुद्दामा धरौटी र सादा तारेखमा छुटेका दुई जना प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर कारवाही गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारयण प्रसाद शर्माले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापालाइ सादा तारेख र प्रहरी जवान विष्ण बहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएका थिए । तर, सोही आदेश रित पुर्वक नभएको ठहर गर्दै सरकारी वकिलको कार्यालय मोरङले उनीहरुको बिषयमा मुलुकी ऐनको अदालती बन्दवस्ती महलकोे १७ नम्बर प्रयोग गर्दै थुनामा राख्न माग गर्दै निवेदन दर्ता गरेको थियो । उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको अदालतको सूचना अधिकृत राजनकुमार दाहलले जानकारी दिए । खड्का निलम्बन डिआइजी श्याम खत्रीको सवारी चालक हुन् भने थापा अंग रक्षक हुन । डिआइजी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।

मंगलबार चार वटा इजालमा पाँच थान मुद्दा छुटा–छुटै इजालमा बहस भएको दाहालले जानकारी दिए । सुन तस्करी र हत्या प्रकरण मुद्दामा पुर्पपक्षको लागि थुनामा रहेका हेमन्त गौतम, राजन थापा, महाबिर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीलाई समेत जिल्ला अदालत मोरङले गरेको आदेशलाई उच्च अदालतले सदर गरिदिएको छ । उच्च अदालतको मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधिश उमेश कुमार सिंहको संयुक्त इजासले गौतम र थापालाई जिल्लाको आदेश सदर गरेको हो । त्यस्तै ३ नम्बर इजालमा न्यायाधीश तीर्थबहादुर कार्की र ऋषिराम दवाडीको संयुक्त इजालसले गोल्यानलाई जिल्लाको आदेश सदर गरे भने ४ नम्बर इजालमा न्यायाधिश हरिप्रसाद भण्डारी र जनक पाण्डेको संयुक्त इजालसले ठकुरीलाई जिल्ला अदाललते जेठ ८ गते गरेको आदेशलाई नै सदर गरेको छ । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि १७ नम्बर गरेका थिए । गएको बिहीबार भएको उच्च अदालतको आदेशले पुन्यप्रसाद लामा, राजन कुमारलाई समेत जिल्लाको आदेश सदर गरेको थियो । त्यस्तै प्रहरी अधिकारहरुको हकमा भने छुट्टाछुट्टै कैफियत प्रतिबेदन मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्