प्रधानमन्त्री ओलीले भने, उलामालाको भरमा अहिलेको सरकार चल्दैन

प्रधानमन्त्री ओलीले भने, उलामालाको भरमा अहिलेको सरकार चल्दैन

विराटनगर, ६ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको उलामालाको भरमा अहिलेको सरकार नचल्ने बताएका छन् ।
विराटनगरमा संचारकर्मीसँग प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने आलोचना हुने गरेको बताए ।
ओलीले कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको बताए । यद्यपि करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको उनको भनाइ थियो । सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्नु नहुने उनँको भनाइ छ । संसारमा कम कर र सस्तो बजार नेपाल नै रहेको उनको दाबी थियो ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको बताए । सर्वोच्च अदालतमा दुईजना कायममुकायम प्रधानन्यायाधिक भएको विषयमा आफूलाई थाहा नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्