प्रदेश सरकारको सार्वजनिक विदा विषयगत कार्यालयले टेरेनन्, विदा गर्ने सन्दर्भमा मतभेद

<span class='c1'>प्रदेश सरकारको सार्वजनिक विदा विषयगत कार्यालयले</span> <span class='c2'>टेरेनन्, विदा गर्ने सन्दर्भमा मतभेद</span>

विराटनगर, ६ भदौ ।
संघिय सरकारको मातहातमा रहेका झापाका बिषयत कार्यालयहरुले पनि प्रदेश सरकारले दिएको सार्वजनिक विदा पालना गरेनन् ।
प्रदेश १ नम्बरका मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बुधवार मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए । तर, प्रदेश सरकारको सार्वजनिक विदा पूर्वका बिषयगत कार्यालयहरुमा अझै लागू भएको देखिएन् । प्रदेश सरकारको विदा स्थानीय तह र स्थानीय तह मातहात गएका कार्यालय, सामुदायिक विद्यालयमै सिमित बन्न पुगे । प्रदेश १ अन्तरगत पर्ने झापा जिल्लाका अधिकाश बिषयगत कार्यालयहरु बुधवार खुल्ला रहेका थिए । जिल्ला प्रशासन कार्यालय झापा, मालपोत, नापी, भूमि सुधार, आन्तरिक राजश्व, कोष तथा लेखा नियन्त्रक, शिक्षा, कृषि, वन, विद्युत, खानेपानी लगायतको बिषयगत कार्यालय खुल्ला रहेका थिए । प्रशासन कार्यालय झापामा छिटपुट सेवाग्राही आएकाले त्यहाँका कर्मचारी कार्यालयमा रहेका पुराना फाइल थन्काउन व्यस्त थिए यसअघि पनि प्रदेश सरकारले साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदा दिएको थियो । सो बेला पनि अधिकाश बिषयगत कार्यालयहरु खुल्ला रहेका थिए ।
विदा गर्ने सन्दर्भमा मतभेद
एक नम्बर प्रदेश सरकारले आज बकर इदका अवसरमा दिएको विदा कार्यन्वयन गर्ने सन्दर्भमा पाँचथरस्थित संघीय सरकार मातहतका कार्यालयहरुबीच नै मतभेद देखिएको छ । आज १ नम्वर प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्दै संघीय सरकार मातहतको जिल्ला हुलाक कार्यालय पाँचथरले विदा दियो भने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखासहित वित्तिय क्षेत्रका सबै बैंक सञ्चालन भए । यसरी एकै स्थानका कार्यालयमध्ये कोही खुल्ला र कोहि बन्द हुँदा आफुहरु अन्यौलमा परेको सेवाग्राहि पुण्य सेढाइको टिप्पणी थियो । प्रदेश सरकारले बिदा दिए पनि संघीय सरकारले कुनै पत्राचार नगरेकाले कार्यालय बिदा नभएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमूख जिल्ला अधिकारी कृष्णवहादुर वस्नेतले जानकारी दिनुभयो । प्रदेशले बिदा दिएपनि संघीय सरकार मातहतका कार्यालय खुल्ला रहँदा संघीयता कार्यन्वयनमा शंका उत्पन्न भएको पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक दुर्गा बरालको प्रतिकृया थियो । यसअघि साउन २४ गते आदिवासी जनजाती दिवसका दिन पनि १ नम्वर प्रदेश सरकारले विदा दिए पनि संघीय सरकार मातहतका कार्यालय भने सञ्चालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्