बुबा आमाको मृत्युु पछि तिन बालकको बिचल्ली, भात खाने चामल नहुँदा छिमेकीको भरमा

बुबा आमाको मृत्युु पछि तिन बालकको बिचल्ली, भात खाने चामल नहुँदा छिमेकीको भरमा

रंगेली, ७ भदौ ।
मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका तीन बच्चाको बिचल्ली भएको छ । २०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा भयो । बुबाको मृत्यु भए पछि आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए , १४ बर्षका जेठो छोरा दिपक राजबंशी, ७ बर्षका राजिव राजबंशी र ५ बर्षका रोशन राजवंशी । तर यो आमाको ममता पनि टिकिरहन सकेन । तर दैवको लिला ती अवोध बालकहरुलाई आमाको काख पनि छुट्यो । सन्तोषीकोपनि सेतो लामखुट्टेको टोकाईबाट उपचार हुन नसकेर ज्यान गयो । पैसा अभावका समयमा उपचार गर्न लैजाने कोही नभएपछि उनको मृत्यु भएको स्थानीय बताउँछन् ।
साउन २४ गते सिकिस्त विरामी भएकी उनलाई उपचारका लागि रंगेलीकोे टाईम्स अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भन्दै सन्तोषीलाई बिराटनगर रेफर गर्यो उनलाई बिराटनगर स्थित नोवेल अस्पतालमा उपचार गराउने क्रममा ज्यान गएको हो ।
अहिले यो परिवारसँग स–साना छोराहरु टुहुरा अबस्थामा छन् । उनीहरु हरेक दिन आमालाई खोज्दै आँसुका धारा बगाउँछन् । मृतक सन्तोषी की ७० वर्षिय आमा कृष्णावती राजवंशीले ति नातिहरुको रेखदेख गर्दै आएकी छिन् । उनले गहभरी आँसुपार्दै भनिन्, ‘जब रात ढल्दै जान्छ अनि नातीहरु मेरो आमा खै भन्दै आफुलाई सोध्न थाल्छन र रुन थाल्छन् ।’ राति निन्द्रमा समेत उठेर आमा खै भन्दै रुने कराउने गरेको उनले सुनाईन् ।
अहिले यो घरमा भातखाने चामल समेत नहुदा बालकहरु छिमेकीको भरमा रहेको स्थानीय कार्तिक दासले बताए । उनीहरुको घरमा सुत्नकालागि एउटा मात्र खाट रहेकोले रातीको समयमा बाहिरको बरण्डामा सुत्न बाध्य भएको उनले बताए ।
दिपक राजबंशीले बुबाको मृत्यु भए पछि घरको आर्थिक स्थिति कमजोर भएकोले आमालाई सहयोग गर्दै आएका थिए। कक्षा आठसम्मको पढाई गर्दै गरेका उनले गाउँ घरमै मजदुरी गरेर आमा र भाइहरुलाई पालन पोषणमा सहयोग गर्दै आएको बताए । तर अहिले सहारा भएकी आमाको पनि मृत्यु भएपछि केही सोच्नै नसकेको सुनाए ।
उनले आमाको उपचारकालागि स्थानीय गणेश प्रसाद राजवंशीसँग २० हजार रुपैयाँ ऋण लिएर उपचार गराएका थिए । उनले भने, ‘अब ऋण कसरी तिर्नु ? भाइ राजिवको पनि शरिरमा खटिरा आएको छ, उपचारगर्न लग्न सकेको छैन ।’
आमाको मृत्यु भए पछि ५ बर्षका रोशन र ७ बर्षका राजिव विधालय समेत जान छाडेका छन । सन्तोषीको काजक्रिया गर्नकोलागि चन्दा संकलन गरेर गाउँलेले रकम जुटाई दिएका छन ।
टुहुरालाई सहयोग
यसरी गाउँमा बालक टुहुरा भएको थाहा पाएको एक सहकारीले केही खाद्यान्न सहयोग गरेको छ । रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले टुहुरा रहेका बालकलाई २५ किलो चामल, ५ किलो भुजा, दुईवटा झुल, ब्ल्याङकेट बितण गरेको छ । बालकहरु दुःखमा परेको थाहा पाएपछि संस्थाले सामान्य केही सहयोग गरेको अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्