बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय : स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण

<span class='c1'>बुढीगंगा गाउँपालिकाकाे अर्काे गलत निर्णय :</span> <span class='c2'>स्थायी कर्मचारीलाई करारमा नियुक्ति,यस्ताे कारण</span>

विराटनगर, ७ भदाै ।  बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक  इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीग‌‌‌गा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै  शिक्षा विकास तथा समन्वय इकाईमा फिर्ता बोलाएपछि उनलाई गाउँपालिकाले सेवा करारमा राख्ने निर्णय गरेको हो । गाउँपालिकाको साउन २९ गते बसेको बोर्ड बैठकले बास्तोलालाई सेवा करारमा नियुक्त गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णयमा भनिएको छ, ‘यस गाउँपालिकाको श्रोत  केन्द्रमा श्रोत व्यक्तिको रुपमा कार्यरत श्रोत व्यक्ति इञ्जकुमार बास्तोलाको सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाईबाट विभिन्न व्यहोराको बोधार्थ पत्रहरु प्राप्त भएको विषयमा छलफल गर्दा निज व्यक्ति गाउँ शिक्षा समितिको सदस्य सचिवमा कार्यरत रहेको तथा निजको कार्य सेवा यस गाउँपालिकालाई अति आवश्यक रहेकोले शिक्षकको कार्यसम्पादन, मूल्याङ्कन एवम् विद्यालय निरीक्षक सुपरिवेक्षक कार्यका लागि निरन्तरता दिन यसै गाउँपालिकाको श्रोत व्यक्तिको रुपमा काम काजमा लगाउने र सम्बन्धित निकायलाई यसको जानकारी  गराउने निर्णय गरियो ।  साथै गाउँपालिकाको अध्यक्षबाट सेवा करार गराउने निर्णय गरियो ।’  यसरी गाउँपालिकामा गरिएको निर्णय शिक्षा विकास तथा समन्वय इकाईमा पनि पठाइएको छ ।  अनि  गाउँपालिकाले इञ्जकुमार बास्तोलालाई समेत जानकारीको पत्र पठाएको छ । बास्तोलाले भने यसरी जानकारी आएपछि खुशी व्यक्त गरेका छन् । बास्तोलाले संघीयता लागू भएको हो कि जस्तो लागेको जस्तो भएको बताएका छन्  । बास्तोलाले भने, हामी पहिला पनि शिक्षा विकास तथा समन्वय इकईमा हाजिर गर्थ्यौ, अहिले पनि गरि नै रहेका छौं । तर मेरो काज फिर्ता गर्ने बारेमा विभागले निर्णय गरेपछि गाउँपालिकाले सेवा करारमा नियुक्त गर्ने भन्ने पत्रको जानकारी मलाई प्राप्त भएको छ ।’उनले गाउँपालिकाले सेवा करार गरे जिल्लामा हुँदा शिक्षा विकास तथा समन्वय इकाईमा र गाउँतिर घुम्न जाँदा गाउँपालिकामा हाजिर गर्ने बताएका छन् । गाउँपालिकाको पत्रले शिक्षा कार्यालय अन्योलमा शिक्षा विकास तथा समन्वय इकाईमा बास्तोलाले साउन १ र २ गते त्यस्तै २५ र २९ गते मात्र हाजिर गरेको देखिन्छ । उनले भदौमा भने १, २ र ३ गते हाजिर गरेका छन् । बास्तोलालाई २०५२ सालमा विद्यालय र शिक्षा कार्यालयको समन्वयको रुपमा काम गर्न नियुक्त गरेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यसरी राखिएको श्रोत शिक्षकले विद्यालयको निरीक्षण, अनुगमन, विद्यालय र शिक्षा कार्यालयको पुलको काम गर्नु पर्ने जिम्मेवारी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताए । उनले अहिले स्थानीय तह कार्यान्वयनमा जाँदा पनि आफूहरुको भूमिका परिवर्तन नभएको बताए । जिल्लामा सही गरेर हिँड्ने श्रोत शिक्षकहरु कहाँ गएर के काम गर्छन् भन्ने बारेमा जिल्ला शिक्षा तथा समन्वय इकाई नै अन्यौलमा छ ।  उनले गाउँपालिकाबाट सेवा करार सम्बन्धी पत्रको बारेमा शिक्षा विभागमा जानकारी गराइने बताए । यस बारेमा जानकारी लिन गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले उहाँलाइ काम लगाउनु उपयुक्त लागेकाेले गाउँपालिकावाट निर्णय भएकाे बताए । स्रोत शिक्षकलाई पहिला देखि नै नियुक्ति गरिएकोले उहाँको अभावलाई खड्कीन नदिनको लागि उहाँलाई नै राख्ने निर्र्णय गरेको उनले बताए । पहिले देखि नै बाँस्तोला जीले काम गर्दै आएकोले उहाँबाट अरु थप कामहरु आबस्यक भएपछि निर्णय गरिएको हो, माझीले भने । तर काम के हो भन्ने बिषयमा उनले केही खुलाएका छैनन् । गाउँपालिकाका अध्यक्ष माझीका अनुसार, उनलाई नियुक्त गर्नु पर्ने कारण गाउँपालिकाको शिक्षकको मु्ल्याङ्कन, बिद्यालयका अनुगमन नै रहेको हो । तर यसरी सरकारी स्थायी कर्माचारीलाई किन करारमा नियुक्त गरिएको भन्ने बिषयमा केही बोलेनन् ।

विभागद्धारा कार्वाहीकाे तयारी-  शिक्षा सेवा विभागका माहानिर्देशक बाबुराम पौडेलले स्थायी प्रकृतिका ब्यक्तिलाई गाउँपालिकाले नियुक्त गर्न नपाउने बताए । के को आधारमा श्रोत शिक्षक ईन्च कुमार बास्तोलाले नियुक्ति लिएका हुन् त्यो बिषय पनि नियम विपरितको बिषय हो । यस बारेमा म बुझेर के रहेछ भन्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्