कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो, ४ जना घाइते

<span class='c1'>कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली</span> <span class='c2'>चलायो, ४ जना घाइते</span>

काठमाडौं ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि दोषीलाई बचाउन प्रहरी सक्रिय भएको भन्दै आन्दोलन चर्किएको हो ।

घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले भने गोली नचलाएको दाबी गरेका छन् ।

महाकाली अञ्चल अस्पतालले तीन जना गोली लागेका व्यक्ति उपचारका लागि आएको पुष्टि गरेको छ । गोली लाग्नेमा १८ वर्षिय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे र सन्तोष कठरिया रहेका छन् । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्