काठमान्डौलाई ‘धुलमाण्डू…’ भन्दै हरिवंशले यस्तो गित गाए

<span class='c1'>काठमान्डौलाई ‘धुलमाण्डू…’ भन्दै हरिवंशले</span> <span class='c2'>यस्तो गित गाए</span>

काठमाडौं । चलचित्र ‘कथा काठमाण्डू’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । प्राय आफ्नै चलचित्र र एल्बममा मात्रै गीत गाउने आचार्यले यसपटक अन्य ब्यानरका लागि गीत गाएका हुन् ।

उनले पछिल्लो समय चलचित्र ‘छ एकान छ’, ‘छक्का पञ्जा–२’, ‘जात्रा’ लगायतमा गीत गाएका थिए ।  सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ । गीतले चलचित्रको मूल कथालाई प्रस्ट्याएको डेब्यु निर्देशक संगीता श्रेष्ठले बताइन् ।

चलचित्रको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई समेटेर निर्माण गरिएको छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

https://www.youtube.com/watch?v=AOEjjmz9F0I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्