बिराटनगर भदौ ७ , बिराटनगर महानगरपालिकामा भएको बम काण्डको दोषीलाई कारवाही र दैनिक भइरहेका हत्या हिंसा आतंक र अपहरण साथै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन असफल सरकार भन्दै सरकार विरुद्ध नेपाली कांग्रेस मोरङले बिरोध जनाएको छ ।
सरकारको ध्यानाकर्षण गराउन नेपाली काग्रेस मोरङ आज बिराटनगरमा बिरोध र्याली साथै जिल्लाको सभापति आदरणिय डिग बहादुर लिम्बुमार्फत जिल्ला प्रशासन मोरङमा ज्ञापन पत्र बुझाएको छ । र्यालीमा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताको उपस्तिथी रहेको थियो ।