सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

सुख्खाग्रास्त क्षेत्रको अवस्था बुझ्न प्रदेश सरकारद्धारा कार्यदल गठन, पुससम्म आबधिक योजना बन्ने

विराटनगर,७ भदौ ।
एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा परेका र एक बर्षिय तथा बहुबर्षिय कार्यक्रम तथा योजनाको बिषयमा पुस मसान्त भित्र अध्यावधिक योजना निर्माण गर्ने गरी तयारीका लागि काम शुरु हुने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
त्यस्तै अर्को निर्णयमा पाँचथर र तेह्रथुमको बिचमा रहेको सुख्खाग्रस्त क्षेत्रको अबस्थाको अध्ययन गर्न सरकारको तर्फबाट कार्यदल बनाउने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार पाँचथर जिल्लाको पस्चिम र तेह्रथुम जिल्लाको पुर्बको सिमानामा रहेको छथर गाउँपालिका र कुम्मायक गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रका अबस्था बुझ्न आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबोको संयोजकत्वमा ५ सदस्य कार्यदल बनाईएको छ । कार्यदलका अन्य सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद हेर्ने महाशाखाका प्रमुख, सोही तहका मुख्यमन्त्री कार्यालयका अधिकृत, सोही निर्वाचन क्षेत्रमा रहेका निर्वाचित सांसद र प्रतिपक्ष दलको एकजना सांसद सदस्य रहनेगरी कार्यदल बनाउने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए । यसरी बनाईएको कार्यदलले १५ दिन भित्रमा त्यहाँको वस्तु स्थीति सहितको प्रतिवेदन सरकारमा पेश गर्नुपर्ने छ। प्रतिबेदनको आधारमा सरकाले त्यहाँ के गर्ने भन्ने बारेमा निर्णय लिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्