विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा २ जना घाइते, झापामा बस दुर्घटना

<span class='c1'>विराटनगरमा म्याजिक भ्यान र स्कुटर ठोक्किदा</span> <span class='c2'>२ जना घाइते, झापामा बस दुर्घटना</span>

विराटनगर ८ भदौ । विराटनगर महानगरपालिका-३ भट्टाचौक स्थित भित्री सडक खण्डमा शुक्रबार को ३१ प ४९३३ नं को स्कुटी र को १ च ५५४७ नं को टाटा म्याजिक भ्यान एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा स्कुटर चालक बिराटनगर महानगरपालिका ३ बस्ने करिव ३० बर्षकी निता कार्की र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २० की सदिक्षा कटुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइते दुबै जनाको कोशी अन्चल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । म्याजिक भ्यान सहित चालक गोबिन्द घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा लिएको छ ।

झापामा बस दुर्घटनामा ९ जना घाइते
झापा जिल्लाको कमल गाउँपालिका ४ चुलाचुली मोड स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बिहान बस दुर्घटनामा ९ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ ख ५१६६ नम्बरको बसले बाटो क्रस गर्दै गरेको को १० प ५९८३ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिदा बसमा सवार ९ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमा जिल्ला मोरङ सुन्दरहरैचा -११ बस्ने वर्ष ५५ को बिष्णु कुमार दनुवार, वर्ष ४७ की रेखा दनुवार, वर्ष ४५ की अग्नी दनुवार, वर्ष ४८ की सुनरवती दनुवार, जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका-१७ बस्ने वर्ष ६० की रत्न माया लिम्बु, बर्ष ३६ की तारा दनुवार, मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका-११ बस्ने बर्ष ६० की सिता थापा, वर्ष ५५ की अस्नी चौधरी र सुनसरी जिल्ला ईटहरी नगरपालिका(१७ बस्ने वर्ष ६० की फिर्नी दनुवार रहेका छन् । घाइतेहरुको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ भने बस सहित चालक मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका-१० बस्ने वर्ष २८ को अर्जुन गिरी प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्