प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर, गाेली लागेर १ जनाको मृत्यु ,१० जना घाइते

प्रहरीको गोलीले मुर्छित बनेको कञ्चनपुर, गाेली लागेर १ जनाको मृत्यु ,१० जना घाइते

महेन्द्रनगर,८ भदाै । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहीको माग गर्दै स्थानीयले शुरु गरेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ ।  वास्तविक बलात्कारीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको भन्दै मंगलवारदेखि शुरु भएको आन्दोलनले बिहीवार उग्र रुप लिएको थियो । बिहीवार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १० जनाभन्दा बढी घाइते भएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्न भन्दै सह–सचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समिति कञ्चनपुर पुगेर छानबिन शुरु गरिसकेको भनिएको अवस्थामा शुक्रवार पनि आन्दोलन जारी रह्यो । प्रहरीले शुक्रवार पनि आन्दोलनकारीमाथि गोली चलाउँदा एक बालकको ज्यान गएको छ । प्रहरीको गोलीले बालकको ज्यान गएपछि कञ्चनपुर झन तनावग्रस्त भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षा कायम राख्न भन्दै शुक्रवार साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्