विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

विराटनगरका कलाकार काठमाडौँलाई लोभ्याउने दाउमा, सिल्पी थियटरमा ‘मुनामदन’को तयारी

प्रेम देवान/ओबि
विराटनग, ९ भदौ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकारहरु यतिबेला काठमाडौमा छन् । आगामी भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थ्रियटरमा मञ्चन टोली काठमाडौँ पुगेको हो ।
केही समय अगाडी विराटनगरको गुरुकुलमा प्रदर्शनीमा ल्याईएको नाटक अब विराटनगरको सफलता पछि काठमाडौँमा देखाउन लागिएको हो । विराटनगरको आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा गत फागुन ११ गतेदेखि २१ गतेसम्म दर्शकको आँखाबाट आँसु खसाल्न सफल ‘मुनामदन’ नाटकले काठमाडौँमा पनि सफलता पाउनेमा निर्माण पक्षको दावी छ ।
दर्शकबाट अत्यधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ आउँदो भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थियटरमा मञ्चन गरिने भएको छ । केन्द्रमा मात्र नभएर शसक्त कलाकार मोफसलमा पनि रहेको उदाहरण दिनका लागि यस नाटकलाई काठमाडौं लैजान लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।
मोफसलको नाटक काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी रुचाइएको नाटक देखाएर केन्द्रको मन लोभ्याउने नाटकका नाट्य संयोजक कमल पोखरेलले बताए ।
मुनामदनको नाट्य रुपान्तरण तथा संवाद् लेखन युवा साहित्यकार कट्वाल दिपकले गरेका हुन् भने निर्देशन सवीन कट्टेलले गर्ने भएका छन् । नाटकमा निर्देशक कट्टेलले मुख्य कलाकार मदनको भूमिका निभाउने भएका छन् भने उनका साथमा दीपा पोखरेलले मुनाको भुमिका निभाउँदैछिन् । नाटकमा जिना राई, लकेश राई, एन्जन पौडेल, पवित्रा खड्का लगायतको भूमिका रहनेछ । यस नाटक काठमाडौं पुर्याउन मोरङ समाज काठमाडौंका अध्यक्ष मुरारी कोइरालाले विशेष सहयोगीको भूमिका खेलेका हुन । नाटक विराटनगरमा पुरा तयारीका साथ देखाईएको भएपनि काठामाडौ थप तयारी गर्नुपर्ने भएकोले कलाकारलाई थप प्रशिक्षणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्