आज जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदै

<span class='c1'>आज जनै पूर्णिमा तथा</span> <span class='c2'>रक्षा बन्धन मनाइँदै</span>

काठमाडौँ, भदौ १० ,  साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई ‘राखी’ बाँधेर यो पर्व मनाउँदैछन् ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुन्छ भनिएको छ ।
ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार जनै धारण गर्दा वा रक्षा वन्धन गर्दा दुष्ट प्रेत पिशाचले नसताउने र अशुभ विनास विघ्नवाधा हट्ने, मुद्दा मामलामा जीत हुने, सन्तान सुख हुन्छ भनेर भविष्य पुराणको उत्तरपर्वमा व्याख्या गरिएको छ ।
यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ । दानवद्वारा उपद्रव खेपेका देवताका गणलाई रक्षा गर्न गुरु वृहस्पतिले दानवराज वलिराजालाई मन्त्रणा गरिएको डोरोले बाँधेर राखेको प्रसङ्गसँगै तागाधारीले नाडीमा रक्षावन्धन बाँध्ने चलन छ ।
नुतन यज्ञोपवित धारणका लागि तागाधारीहरू शनिवार कपाल मुण्डन सहित एक छाके रहे भने जनै मन्त्रणा गर्नेहरू निराहार वसे । शुद्ध मानिएका घाट, पाटी, पौवा, त्रिवेणी, दोभानलगायतका स्थानमा जनै मन्त्रणा गर्ने व्राह्मणले यत्रतत्र स्थान ओगटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्