म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक – एक गोलको बराबरीमा रोकियो

म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक – एक गोलको बराबरीमा रोकियो

एजेन्सी । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी वल्भरह्यामटनसँग एक —एक गोलको बराबरीमा रोकिएको छ । सुरुवाती दुई खेलमा जित हात पारेको म्यानचेष्टर सिटी तेस्रो खेलमा भने वल्भरह्याम्पटन वल्डर्रससँग बराबरीमा रोकिएको हो ।
वल्भरह्याम्टनले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर, खेलको ५७ औँ मिनेटमा विली बोलीले गोल गर्दै वल्भरह्यामटनलाई अग्रता दिलाए । त्यसको १२ मिनेटपछि सिटीले बराबरी गोल फर्काएको थियो ।
६९औँ मिनेमा सिटीका आइमेरिका लापोर्टेले सिटीका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा गोल गर्न नसक्दा सिटी अंक बाँड्न बाध्य भयो । आजको खेलबाट सिटी र वल्भरह्यामनले १—१ अंक बाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्