विराटनगर बजारमा विहानैदेखि राखी किन्नेको चहलपहल यस्तो देखियो (फोटो फिचर)

<span class='c1'>विराटनगर बजारमा विहानैदेखि राखी किन्नेको</span> <span class='c2'>चहलपहल यस्तो देखियो (फोटो फिचर)</span>

प्रेम देवान
विराटनगर १० भदौ । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आजका दिन मुलुक भरि नै रक्षा बन्धन बाँध्ने अनि नयाँ जनै फेरेर आजको दिन विशेष तरीकाले मनाईरहकेका छन् । यता आज विहानै देखि विराटनगरको बजारमा राखी किन्नेहरुको भीड देखिएको छ । अन्य बर्ष झै यसपली राखी किन्नेहरुको खासै चहलपहल नभएको व्यापारीहरुले बताएका छन् । विराटनगरको बजारमा देखिएको चहलपहल तस्वीरमा हेर्नुहोस ।

 

खास गरी तराई क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायमा विशेष गरी हातमा राखी बाध्ने चलन छ । आफ्ना दिदि बहिनीले बिशेषगरी आफ्ना दाजुभाईको रक्षा र आपसी प्रेम सम्बन्ध गाढा होस भनेर पनि राखी बाध्ने प्रचलन छ । पहाडी मुल समुदायले भाईटिका मजाए झै तराई क्षेत्रमा बसोबास गर्ने तराईबासीले आजको दिन आफ्ना दाजुभाईलाई हातमा राखी बाधी मिठा मिठा खाने कुरा दिएर आर्शिवाद दिने चलन छ । आफ्ना दिदिबहिनीलाई पनि दाजुभाईले उपहार स्वरुप विभिन्न गिफ्ट तथा पैसा दिने चलन छ ।
पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएको भन्ने एउटा कथा अनुसार आज हातमा रक्षा बन्धन लगाउने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्