निर्णय अवज्ञा गरेपछि प्रदेश २ सरकारद्वारा राष्ट्र बैंककाे कार्यालयमा तालाबन्दी

<span class='c1'>निर्णय अवज्ञा गरेपछि प्रदेश २</span> <span class='c2'>सरकारद्वारा राष्ट्र बैंककाे कार्यालयमा तालाबन्दी</span>

जनकपुर, १० भदौ । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्।  प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थाले पछि प्रदेश सरकार आक्रमक भएका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । ।
संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरे पछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए । उन प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यलय बन्द गर्ने बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्