विराटनगरको एक हार्डवयर पसलमा कार्यरत सुरक्षागार्ड हत्याको आशंकामा ठेला चालक पक्राउ

विराटनगरको एक हार्डवयर पसलमा कार्यरत सुरक्षागार्ड हत्याको आशंकामा ठेला चालक पक्राउ

प्रेम देवान ओवी
विराटनगर, १० भदौ । विराटनगर धरान रोडको कोशी राजमार्गमा रहेको एक हार्डवयर पसलमा सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्याको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर २ विराट नर्सिङ होम दक्षिणमा रहेको बिक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड ५० वर्षीय टंक भट्राईको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका ४ पुप्पलाल चौकका अन्दाजी २५ वर्षीय सन्जय सहनीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका छन् । घटनामा उनको संलग्नताका बारेमा आवश्यक अनुसन्धान र सोघपुछ गर्ने काम भइरहेको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तो थियो घटना : 
सुरक्षागार्ड विराटनगर ४ पिपलचौकका भट्राईको शव हार्डवेयर भित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते आइतबार फेला परेको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्याको आशंकामा पक्राउ गरिएका सहनीलाई मोरङ प्रहरीले आजै सार्वजनिक गर्ने जनाएको छ । भट्टराईको गत भदौ २ गते शनिबार राती हत्या गरिएको थियो ।
यस अघि मृतका आफन्तले भट्टराईको शवलाई सडकमा राखेर हत्यारा पक्राउ गर्न दवाव दिएका थिए ।
हत्यारामा संग्लनलाई कारवाहीको माग राख्दै मृतकका आफन्तहरुले हार्डवेयर अगाडी प्रर्दशन गरेका थिए ।
विराटनगर ४ पिपल चौक स्थित घरबाट निस्किएको शवसहितको प्रदर्शन बरगाछी चौकहुँदै न्यू बिक्की हार्डवेयरको पसल अगाडी शव राखेर प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले ‘माजदुर मार्न पाइदैन, हत्यारा चाँडो पक्राउ गर, हत्या हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर, लगायतको विभिन्न नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्