मोरङमा १५ दिनमा चार आपराध, विराटनगरका टंक र शिखाका हत्यारा पक्राउ

मोरङमा १५ दिनमा चार आपराध, विराटनगरका टंक र शिखाका हत्यारा पक्राउ

प्रेम देवान/अाेबि

विराटनगर, १० भदौ ।  पछिल्ला दिन मोरङमा भएका एउटा घटना बाहेकमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५ दिनको बिचमा ४ वटा आपराधिक घटना मोरङमा भयो । पहिलो घटना बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको घटना , त्यस घटनामा संलग्नलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन । त्यस्तै त्यसको केही दिन भित्रै घटेको अर्को घटना लेटाङ नागरपालिका जाँतेमा २९ जना बिद्यार्थी बिरामी हुनेगरी भएको बिष आक्रमणको घटनाको दोषी अहिलेसम्म प्रहरीले पहिचान गर्न सकेको छैन । त्यस्तै मोरङ ग्रामथान गाउँपालिकामा एक युवकले आफ्नै प्रेमीकाकोहत्या गरे घटना स्थलबाट ति हत्यामा संलग्नलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएकोले ति ब्यक्ति पक्राउ पनृ सफल भए । त्यसको ३ तिन नबित्दै अर्को घटना भयो, बिराटनगर महानगरपालिकाको मुख्य चौक भृकुटी चौक नजिकै रहेको विकी हार्डयेरमा कार्यरत सुरक्षा गार्डको निर्मत तरिकाले हत्या भयो । हत्यामा संलग्नको प्रहरीले खोजी जारी राखेको भएपनि घटनाको बारेमा प्रहरीले आईतबार मात्र एकजनालाई पक्राउ गर्न सफल भयो । या घटनासम्म आउँदा प्रहरीले २ जनालाई पक्राउ गरेको भइएपनि मुख्ष्य घटनाहरु जुन घटनाले ठुलो क्षती निम्तन सक्थ्यो त्यो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।  विराटनगर २ विराट नर्सिङ होम दक्षिणमा रहेको न्यू बिक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड ५१ वर्षीय टंक भट्टराईको हत्यामा संलग्न संजय सहनीलाई प्रहरीले आईतवार सार्बजनिक गरेपछि अन्य घटनामा संलग्न पनि पक्राउ पर्छन् की भनेर आशा गर्न थालिएको छ ।
यसरी प्रहरीले सहनी पक्राउ गर्यो
जिल्ला प्रहरी कार्यलय मोरङले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सहनीलाई सार्बजनिक गरेको हो । हत्या भएको ८ दिनपछि विराटनगर ४ जामुनगाछीका २६ बर्षिय सञ्जय सहनीलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । गत भदौ २ गते राती १० बजे टंकको हत्या हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले पसलमा रहेको सिसी टिभीको फुटेजका आधारमा सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मृतक भट्टराईसंग साथमा रहेको दुई हजार पाँच सय रकम सहनीले खोसेर लिन खोज्दा आपसी विवादका कारण भट्टराईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भट्टराईको भदौ ३ गते बिहान १० बजे हार्डवेयरभित्र मृत अवस्था शव भेटिएको थियो । सहनीले सुरक्षा गार्ड भट्टराईलाई फलामका रड प्रहार गरी पेट र आँखा रोपेर हत्या गरेको प्रहरीले जनाएको छ । लागू औषध सेवन गर्ने सहनी ठेला चलाउँदै आएका थिए । हार्डवेयरमा पनि पटक–पटक सामान ओसार पसार गर्ने काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सहनीलाई विराटनगर–१५ रानी ढाटबाट प्रहरीको विशेष टोलीलले पक्राउ गरेको प्रहरी प्रमुख केसीले बताए । ‘अहिलेसम्मको अनुसन्धानलार्य हेर्दा आपसी विवादकै कारण हत्या भएको देखिन्छ,एसपी केसीले भने, ‘कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।’ हत्याको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्