विराटनगरको नोवेलमा चोरीको श्रृङ्खला, यसरी चोरी हुन्छ बिरामीका आफन्तका सामान

<span class='c1'>विराटनगरको नोवेलमा चोरीको श्रृङ्खला, यसरी</span> <span class='c2'>चोरी हुन्छ बिरामीका आफन्तका सामान</span>

 

विराटनगर, ११ भदौ ।
शनिवार राती एक युवक आफ्नी आमासँग नोबेल अस्पतालको आईसीयु अगाडी कुरुवाको रुपमा सुतिरहेका थिए । अनी त्यही नजिकै अर्की महिला पनि थिईन । सुतेको ब्यक्ति दिवेश पुरी चन्द्रगढी झापाका हुन । उनी सुतेको ठाउँमा आएर शुरुमा एक अपरिचित ब्यक्तिले पैसा आबस्यक परे भन्नुहोला भन्यो । अनी त्यही नजिकै एउटा ओछउने ओछ्याएर त्यो अपरिचित ब्यक्ति सुत्यो । त्यो अपरिचितले दिवेशको सुतेको बेलामा छातीमा राखेर हेर्दै गरेको मोवाईल गायब बनायो । अनी एकै छिन पछि त्यहाँ भएको त्यो ब्यक्ति पनि थिए । दिवेशले भने, ‘मसँग केके गफ गरि रहेको थियो । मलाई त्यसको केही कुरा बिस्वास लगेको थिएन तर त्यसले मेरो भन्दा अलिक नजिकै कुरुवा बनेर सुतेको थियो । राती मैले हेर्दै गरेको मोवाईल मैले मेरो छातीमा राखेर निदाएछु त्यो बेला मेरो मोवाईल चोरेर त्यो फरार भए छ ।’ राती साँढे एक बजेको समयमा ति ब्यक्तिहरुले आएर आफ्नो सामान चोरेको उनले बताए ।
शनिवार राती त्यही अबस्थामा नोबेल अस्पतालको आईसीयु अगाडीनै सुतेका थिए,बुढीगंगा गाउँपालिका टंकीका खगेन्द्र भण्डारी । उनको नजिकै त्यसैगरी अपरचित ब्यक्ति आयो र सँगै सुत्न थाल्यो । आफुले लगाएको ओछ्यानमा आएर सुतेको त्यो ब्यक्ति कुनै बिरामीको कुरुवा होला भन्ने लागेर खगेन्द्र पनि केही बोलेनन् । पछि खगेन्द्रले लगाएको ओछ्यान नै बोकेर हिँड्न लागेको थाहा पाईसक्दा त्यो चोर त्यहाँ थिए । नजिकै एक महिला भएको ठाउँमा गएर झोलामा हात हाल्दै गरेको थाहा पाएपछि उसलाई समातेर प्रहरीलाई बुझाएको उनले सुनाए ।
बिरामीका कुरुवाहरुले शुक्रवार राती पनि त्यसै गरीे विरामीका आफन्तको ४० हजार हराएको सुनाए । त्यस्तै चोरको फन्दाबाट जोगिएकी झापाकै एलिसाको समस्या पनि उस्तै नै हो । उनको चार्जमा राखेको मोवाईल निकाल्दै गर्दा उनले अड्कल काटिन् हिजो पनि मोवाईल हराएको थियो आज पनि यो ब्यक्तिले मोवाईल निकाल्न खोज्यो पक्कैपनि चोर यही होला भन्ने लागेर त्यसैकाे पछि लागिन । उनले भनिन्, यहाँ मोवाईल लगायतका धेरै बहुमुल्य सामान हराएको थाहा पाएपछि चोर खोजिमा लागेको थिएँ २ दिन देखि यो पहेँलो कपडा लगाएको ब्यक्ति नै चोर राहेछ प्रहरीलाई बोलाएर जिम्मा लगाएको एलिसाले सुनाईन ।
नोबेल अस्पताल भित्र सिसि क्यामेरा भएपनि बिगारेर राखिएको छ । जहाँ चोरी हुन्छ त्यहाँको सिसि क्यामेरा बिग्रिएको जानकारीमा आएको ति बिरामीका आफन्तले बताए । यसरी चोरीका लागि आउनेले आफैँ परिचय बनाउने, नजिकिने, सँगै सुत्न खोज्ने, कोही नभएका ठाउँका झोलाहरुमा हात हालेर बहु्मुल्य सामान खोज्ने गरेको पाईएको छ ।तर यहीँ रहेका सुरक्षा गार्ड भन्दा समेत त्यो बारेमा चासै नदिने गरेको उनीहरुको आरोप छ । सुरक्षा गार्डलाई ३ पटक खबर गर्दा पनि त्यो ब्यक्तिलाई पक्रन नआएपछि प्रहरीलाई खबर गरिएको एलिसाको भनाई छ। उनले चोरसँग सुरक्षामा रहेका सुरक्षा गार्डको समेत सेटिङ भएको हुनसक्ने बताईन् ।
बिरामीका आफन्तले प्रहरीलाई खबर गरेपछि एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य एक जनालाई बिरामीका आफन्तले नै पक्राउ गरेर जिम्मा लगाएका छन् । अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बिराटनगर कोचाखाल बिजय दास रहेका छन् । त्यस्तै कोचाखालकै प्रभु साह र आनन्द पासवान फरार रहेका छन् । चोरको ठुलो गिरोह नोवेल अस्पतालमा सक्रिय रहेको पाईएको छ । यसबारेमा मोरङ प्रहरीले सक्रिय रुपमा चोरीमा संलग्नहरुको खोजी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्