रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ भदौ ११ : रेडस्टार क्लब झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा झापाले रेडहर्स क्लब इलामलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो। खेलको दोस्रो हाफमा झापा हावी भएको थियो। झापालाई विजयी बनाउन खेलको ५५औं मिनेटमा पिटर र ६०औं मिनेटमा ग्लोरीले गोल गरे।

कर्ण लिम्बूको पासलाई सदुपयोग गर्दै पिटरले डीबक्स छेउबाट आकर्षक गोल गरेका थिए। दोस्रो हाफको अधिकांश समय झापाले बल नियन्त्रणमा राखेको थियो। झापाबाट कर्ण लिम्बू, पिटर, गिल्सन कन्दङ्वा, मार्टिनजस्ता ए डिभिजनबाट खेल्ने खेलाडीले खेलेका थिए।

इलामले गोलपोस्टमा गरेको प्रहार विकास थुलुङ राईले हातले रोकेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इलामका सञ्जय धिमालले सान्त्वना गोल फर्काएका थिए। आइतबारको खेलको म्यान अफ दी म्याच झापाका विवेक पौडेल भए। इलामले अघिल्लो खेलमा ताप्लेजुङको कञ्चनजंघा फुङलिङ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। सोमबार न्यु स्टार झापा र कर्णसिंह क्लब ताप्लेजुङबीच खेल हुनेछ। ताप्लेजुङमा रहेका पाथीभरा मन्दिर, कञ्चनजंघा हिमालजस्ता पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्