बिराटनगरको न्यूरो अस्पतालमा ब्रेन अट्याक सेन्टर संञ्चालनमा

<span class='c1'>बिराटनगरको न्यूरो अस्पतालमा ब्रेन</span> <span class='c2'>अट्याक सेन्टर संञ्चालनमा</span>

विराटनगर भदौ ११ ,  विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले नेपालमै पहिलो पटक ‘न्यूरो ब्रेन अटयाक सेन्टर’ संञ्चालनमा ल्याएको छ ।

हस्पिटलले विराटनगरमा शुक्रबार साझ एक कार्यक्रम आयोजना गरि न्यूरो ब्रेन अटयाक सेन्टर संञ्चालनमा ल्याएको हो ।

पूर्वाञ्चलमै पहिलो पटक न्यूरोलोजी सेवा सुरु गरेको उक्त हस्पिटलले दुई दशकपछि ब्रेन अटयाक सेन्टर सञ्चालनमा ल्याएको हस्पिटलका अध्यक्ष डा.विरेन्द्रकुमार विष्टले जानकारी दिए । ब्रेन अटयाक सेन्टरको उद्घाटन प्रदेश नम्बर १ का आन्तरीक मामिला तथा कानुन मन्त्रालयका मन्त्री हिक्मत कार्कीले गरे । सेन्टरको उद्घाटन गर्दै मन्त्री कार्कीले स्वास्थ्यको क्षेत्रमा न्यूरोले थप नयाँ आयम थप गरेको बताए । उनले गुणस्तरीय सेवा प्रदान गरि प्रदेश नम्बरको १ को नमुना हस्पिटल बन्नुपर्नेमा जोड दिए ।

ब्रेन अटायक सेन्टरमा एमरजेन्सी ब्रेन अटायस नर्स, एमरजेन्सी मेडिकल अफिसर, हेल्पर, ट्रलिब्वाई, रेडियोलोजी, टेक्निसियन, सि.टी/ एम आर आई, रेडियोलोजिष्ट, न्यूरोलोजिष्ट, न्यूरो क्रिटिकल केयर नर्स आवश्यक पर्दछ । ‘हामीले यी सबै सेवाहरु पु¥याएको छौ,’ हस्पिटलका अध्यक्ष विष्टले भने, ‘स्वास्थ्य समाज निमार्ण गर्न हस्पिटल सधैभ लागि पर्नेछ ।’ त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नाफा मुलक भन्दा पनि सेवा मुलक भएर हस्पिटलहरुले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

यस हस्पिटलले न्यूरो सर्जरीसँगै अन्य विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । उक्त हस्पिटले केही दिन अगाडी मात्र विशेषयज्ञ चिकित्सवसहितको टिम राखेर डेन्टल सेवा समेत सुरु गरेको छ । हस्पिटलमा छिमेकी देश भारतसमेका विरामीहरु न्यूरो हस्पिटलमा उपचारको लागि आउने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्