बिराटनगरमा गाईजात्रा पर्वको रौनक यस्तो देखियो (फोटो फिचर)

<span class='c1'>बिराटनगरमा गाईजात्रा पर्वको रौनक</span> <span class='c2'>यस्तो देखियो (फोटो फिचर)</span>

प्रेम देवान
विराटनगर ११ भदौ । आज गाईजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत चलन रही आएको छ । नेवारी समुदायको सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मुलुकभरका मनाएका छन् । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सजारएर श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान लिने चलन छ । वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यता विराटनगरमा स्थायीरुपमा बसोबास गर्दै आएका नेवारी समुदायले गाईजात्राको अबसरमा विभिन्न झाँकीसहित ¥यालील निकालेका छन् ।
विराटनगर ९ मा रहेको झि ः पुःचबाट आज विहान निकालीएको ¥यालीले ट्राफिक चोक निस्कीएर मेनरोड हुदै नगर परिक्रमागरी तीनपैनीमा रहेको राधाकृष्ण मन्दिरमा पुगेर प्रसादी ग्रहण गराईएको थियो ।
विराटनगरमा एक बर्षभित्र २० जना परिवारका सदस्यको मृत्यू भएका परिवार र अन्य नेवारी समुदायको बाक्लो उपस्थिती रहेको झिः पुःच विराटनगरका अध्यक्ष बुद्धरत्न उदासले जानकारी दिनुभयो । उहाँका अनुसार गाईजात्रामा विराटनगरमा छरिएर रहेका नेवारी समुदायको ७ वटा लाखे समुहले लाखे नाचेर मनोरञ्जन प्रदान गरेका थिए ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि विशेष गरी काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाईने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्