सन्दर्भ ५१ औं ऐतिहासिक रथयात्रा : विराटनगरमा ५ लाखले अवालोकन गर्ने

सन्दर्भ ५१ औं ऐतिहासिक रथयात्रा : विराटनगरमा ५ लाखले अवालोकन गर्ने

प्रेम देवान /अाेबी
विराटनगर,११ भदौ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा यसपटक प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।
ऐतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रथयात्रा सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।
अध्यक्ष ओझाले विराटनगर स्थित राधाकृष्ण मन्दिरबाट आमागी भदौ १८ गते निकालिने रथयात्राको रुट समेत तय गरिएको छ । साविकको मेनरोड हुदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुदैे सात किलो मिटरको यात्रा पुरा गरी पुन मन्दिर परिषरमा आएर रथयात्रा विसर्जन हुने ओझाले जनाए । रथयात्रा सञ्चालनका लागि मुख्य ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ ।
रथयात्रा समारोह समितिका अनुसार आगामी भाद्र १८ गते निकालिने रथयात्रामा रथ पेगोडा शैलीको बनाइएको छ ।
रथको लम्बाई २२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाया पट्टि फैलिएका लठ्ठा डोरी रहेको छ ।
त्यसैगरी रथयात्रामा पहिलो पटक रथयात्रा स्वर्ण महोत्सवको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । अघिल्लो बर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने छ ।
देश संघीयतामा गएसँगै एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले रथको पहिलो पटक उद्घाटन गर्ने भएका छन् । स्वर्गिय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पोखरमल धर्मसंस्कृति पुरस्कार यो बर्ष विराटनगर ३ स्थित परोपकार अभियान समुहलाई प्रदान गरिने भएको छ ।
श्री राधाकृष्ण रथयात्रा समारोह समितिको मातहतमा रहेको पुरस्कारको राशी एक लाख १ हजार रुपैया रहेको छ ।
यो पुरस्कार प्रत्येक वर्ष रथयात्रा निकाल्नु भन्दा अघि विशेष धार्मिक कार्यक्रमको आयोजना गरि वितरण हुँदै आएको छ । विराटनगरमा प्रत्येक बर्ष श्री कृष्ण जन्माष्टमीको भोली पल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारतका ५ लाख बढी श्रदालु  विराटनगर आउने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्