विराटनगरमा विमान अपहरण बृतचित्र ‘प्रजातन्त्रका लागि अपहरण’

विराटनगरमा विमान अपहरण बृतचित्र ‘प्रजातन्त्रका लागि अपहरण’

विराटनगर, १२ भदौ ।
विराटनगरमा‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ । बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले कसरी बिमान अपहरण गरे भन्ने विषय वृतचित्रमा देखाइएको छ । ३० लाख भारतीय रुपैयाँसहित विमानलाई विहारको फारविसगञ्जसम्म पु¥याएर अपहरणकारीले २७ मिनेटमै फिर्ता पठाएका थिए । वृत्तचित्र प्रदर्शनीका क्रममा ढुंगेलले हालै सुवेदीले लेखेकोे विमान विद्रोह नाम पुस्तकको तीव्र आलोचना गरे । उनले विमान विद्रोहमा अपहरणका सन्र्दभमा लेखिएका कुराहरु काल्पनिक रहेको बताए । २०३० साल जेठ २८ गते विराटनगरबाट काठमाडौंका लागि उडान भरेको विमानलाई वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीले अपहरण गरेका थिए । सो क्रममा भएका घटनाहरुलाई सचित्र बृत्तचित्रमा समेटिएको वृत्तचित्र लेखन एवं निर्देशन जगत नेपालले जानकारी दिए । तत्कालिन समयमा पञ्चायत शासनविरुद्ध लड्न पैसा आवश्यक भएकाले विमान अपहरण गर्नुपरेको अपहरणमा संलग्न भट्टराईले बताए । तत्कालिन समयमा निर्वासित जीवन विताइरहेका वीपी कोइरालाको अनुमतिमा गिरिजाप्रसाद कोइरालाको मुख्य योजनामा विमान अपहरण गरिएको भट्टराईले जानकारी दिए । वृत्तचित्र हेर्न कांग्रेसका नेता, उद्योगी, व्यवसायी, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्