महेन्द्र मोरङ विराटनगरमा नेबिसंघ राजनीति : ईकाई सभापति दुई ध्रुवमा, दुई जनाकै दाबी

महेन्द्र मोरङ विराटनगरमा नेबिसंघ राजनीति : ईकाई सभापति दुई ध्रुवमा, दुई जनाकै दाबी

 

प्रेम देवान/अाेबी
विराटनगर, १२ भदौ ।
नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस विराटनगरको इकाइ समितिको सभापतिमा विवाद देर्खिकोछ छ । नेविसंघमा विवाद देखिनु कुनै नयाँ विषय हैन । तर यो विवाद आपसी विद्यार्थी विच नभएर गुट–उपगुटको लडाई रहेको बुझिएको छ ।
महेन्द्र मोरङ क्याम्पसमा जसवन्त पौडेल निर्विरोध निर्वाचित घोषणा भएसँगै कार्यबाहक सभापति समाल्दै आएका केशव गिरीले पनि आधिकारीक रुपमा आफू नै सभापति भएको दावी गर्दै आएको छन् । दुवै पक्षका सभापतिले आफू आधिकारीक सभापति भएको भनेर प्रेस विज्ञप्ती नै निकालेर प्रचार– प्रसार गरेका हुन । 
हालका सभापति जसवन्त पौडेल देउवा पक्षका मानिन्छन् । नेविसंघका केन्द्रिय सभापति नयनसिह महरले केन्द्रीय सदस्य चन्द्र सुन्दर खेवाङलाई निर्वाचन प्रतिनिधी पठाएका थिए । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भदौ ११ गते आएका केन्द्रीय सदस्य चन्द्र सुन्दर खेवाङले जसवन्त पौडेललाई अबको सभापति तपाई नै हो भनेर आधिकारीक पत्र हस्तान्तरण गरेका थिए । केन्द्रीय सभापति पनि देउवा पक्षको नै हुन् । केशव गिरी भने रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दुई गुटविच आपसी कुरा नमिल्दा अहिले ईकाई सभापतिमा विवाद देखिएको हो ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेविसंघमा आवद्ध एक सय जना बढी विद्यार्थी तथा पूर्व कार्यबहाक सभापति दिनानाथ आर्चय लगायतको उपस्थितीमा पौडेललाई सभापतिमा निर्विरोध गरिएको थियो । क्याम्पसमा भएको भेलाले सोमवारदेखि नै पौडेलले सभापतिको जिम्मेवारी सम्हालेका छन् ।
केन्द्रिय समितिले क्याम्पस इकाई समितिको सभापति चुनिएपनि अन्य पदाधिकारी र सदस्यको टुंगो भने लगाएको छैन । नेबिसंघ केन्द्रीय सदस्य चन्द्रसुन्दर खेवाङ्गको उपस्थितिमा पौडेललाई सभापतिको जिम्मेवारी दिईएपछि यता कार्यबहाक सभापतिको रुपमा कार्यभार सम्हाल्दै आएका केशव गिरी असन्तुष्ट देखिएका हुन । पौडेल पक्षका गिरीलाई पूर्वसभापति दिपक नेपालले कार्यबहाकको जिम्मा दिएका हुन् । हाल दिपक नेपाल अष्ट्रेलियामा छन् । नेपाल पनि पौडेल पक्षको नै भएका कारण आपसी भागभण्डामा कुरा नमिल्दा दुईपक्ष विच विवाद देखिएको हो । गिरीको उमेर हदबन्दी भएका कारण पनि अब उनले सभापतिको पद समाल्न नमि

ल्ने स्रोतले बताएको छ । केशव गिरीको उमेर हाल २८ र जसवन्त पौडेले २३ बर्षका छन् । अहिले सरकार बाहिर रहेको नेपाली काग्रेसले आफ्ना भातृसंगठनको ब्यवस्थापनमा कुनै पनि पहल नभएको संगठन भित्रै कुरा उठ्न थालेको छ । नेविसघको लामो समयदेखि निर्वाचन हुन नसक्दा नेविसंघका विद्यार्थीहरु पनि अन्यौलमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्