एसिया कप क्रिकेट छनोट : नेपालले ओमानलाई २२२ रनको लक्ष्य दियो

एसिया कप क्रिकेट छनोट : नेपालले ओमानलाई २२२ रनको लक्ष्य दियो

बिराटनगर भदौ १३  । एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।सागर पुनको उकृष्ट (८३ रन) ब्याटिङसँगै नेपाल उक्त स्कोर सम्म पुग्न सफल भएको थियो । सागरले ८४ बलमा ८३ रन बनाए । जसमा ६ चौका र २ छक्का समावेश थियो ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । आफ्नो पहिलो खेलमा नै ओमानलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्