प्रदेश करमा सैद्धान्तिक छलफल सकियो, विषयगत समितिमा पठाउन सांसदको सुझाव

<span class='c1'>प्रदेश करमा सैद्धान्तिक छलफल सकियो,</span> <span class='c2'>विषयगत समितिमा पठाउन सांसदको सुझाव</span>

विराटनगर, १३ भदौ ।
एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ ।
विधेयक माथि दुइदिन सम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानिय तहको कर नितीमा एकरुपता हुनुपर्ने माग गरेका छन् । साथै उक्त विधेयकलाइ थप छलफलका लागि विषयगत समितिमा पठाउन समेत सांसदहरुले सुझाव दिएका छन् । विधेयक उपरको आजको छलफलमा बोल्दै संघीय समाजवादी फोरमका सांसद जयराम यादवले करमा एक रुपता ल्याउँदै करले हैन रहरले कर तिर्ने वातावरण बनाउन प्रदेश सरकारलाइ आग्रह गरे ।
सांसद यादवले कर बृद्धि गरेर जनतालाइ मारमा पारेको भनेर प्रतिपक्षिले धेरै हल्ला फीजाए पनि कांग्रेसले नेतृत्व गरेको स्थानिय तह पनि कर बृद्धिको आरोपबाट अछुतो रहन नसक्ने बताए ।
त्यस्तै नेकपाका सांसद श्रीप्रसाद मैनालीले सरकारले कर मैत्री वातावरण बनाउनुपर्ने साथै जनतालाई आफुहरुले तिरेको करको सहि सदुपयोग भइरहेको छ भन्ने अनुभुति समेत दिलाउनुपर्नेमा जोड दिए । त्यस्तै ढुङ्गा, गिट्टी र वालुवा जस्ता प्राकृतिक श्रोत सााधनको कर स्थानिय तह या प्रदेश सक्ले उठाउने यो विषयमा समेत विधेयक स्पष्ट हुनुपर्नेमा उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्